के हो नेपालीलाई एसाइलम नदिइएको सेकेण्ड सर्किट कोर्टको निर्णय ? फैसलाको पूर्णपाठ


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

असार १४, २०७४- अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको समाचार इकान्तिपुरमा प्रकाशित भएको छ ।  एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको समाचारमा उल्लेख छ । सेकेण्ड सर्किटको फैसलाले एसाइललाई पूर्णरुपमा ब्लक नगरेपनि यो नजिरले एसाइलम स्वीकृत दर प्रभावित हुनसक्छ ।

समाचारमा जनाइएअनुशार थापा थरका एक नेपाली नागरिकको मुद्दामा अमेरिकी पुनरावेदनको सो निर्णयलाई सार्वजनिक गरिएको छ, जसले नेपाली नागरिक सम्बन्धित आगामी असाइलम मुद्दामा नजिरको काम गर्नसक्नेछ । आवेदक थापाले आफू नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको र माओवादी विद्रोहीबाट आफनो ज्यानको खतरा रहेकोले भागेर अमेरिका पुगेको र यही नै शरण पाँउ भन्दै असाइलम गरेका समाचारमा उल्लेख छ ।

के हो नेपालीलाई एसाइलम नदिइएको सेकेण्ड सर्किट कोर्टको निर्णय ? फैसलाको पूर्णपाठ यहाँ उपलब्ध छ । डाउनलोड गरेर पढ्न यहाँ क्लिक गर्नुहोला । 

सन २०१४ को जुनमा, इमिग्रेसन सम्बन्धी न्यायधीशले मुद्दालाई अस्वीकृत गरेपछि आवेदकले पुनरावेदन अदालतलाई गुहारेका थिए । सेकेण्ड सर्किटको निर्णयमा भनिएको छ, ‘आवेदनमा उल्लेख भए जस्तो असुरक्षा एवम भयको स्थितिलाई अहिले नेपाल सरकारले नियन्त्रण गरिसकेको छ । आधारभूत रुपमै परिवर्तित नेपालको स्थितिले आफना नागरिकलाई अब कुनै खतरा पैदा गरेको छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com