मुस्लिम बाहुल्य देशको भ्रमण गरेका नेपाली ट्रम्पको आदेशबाट प्रभावित (भिडियो)


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको कार्यकारी आदेशको आंशिक कार्यान्वयनका लागि अमेरिकी सर्बोच्च अदालतले आदेश दिएपछि त्यसबाट नेपालीहरु पनि प्रभावित हुने भएका छन् । मुस्लिम बाहुल्य ६ वटा देशको भ्रमण गरेका वा त्यहाँ पुगेर काम गरेका नेपालीहरु प्रभावित हुने जनाइएको छ ।

यदि कुनै नेपालीहरु ती ६ मुलुकको भ्रमणमा गएको भए वा त्यहाँ गएर काम गरेको भएमा उनीहरु कडा प्रकारको छानविनमा पर्नसक्ने न्युयोर्कका चर्चित कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभएको छ । खसोखाससँग कुराकानी गर्दै सेडाईले त्यस्ता नेपालीहरुलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाइएको नभएपनि उनीहरु कडा प्रकारको छानविनमा पर्नसक्ने बताउनुभयो ।

यदि ती मुलुकको भ्रमण गरेका नेपालीहरुले अमेरिकामा कुनै प्रकारको अध्यागमन सुविधाको आवेदन दिएको सन्दर्भमा समेत उनीहरु त्यो मुलुकमा के उद्देश्यले गएका हुन्, के काम गर्थे लगायतका विषयमा कडा छानविन हुने र छानविनको प्रकृया ६ महिनादेखि १ बर्षसम्म पनि लाग्नसक्ने उहाँले जानकारी दिनुभयो । जसका कारण ग्रिनकार्ड वा अन्य अध्यागमन सुविधा प्राप्तीमा ढिलाई हुनसक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com