इमिग्रेशन अफिसर बाल्टिमोर रेष्टुरेण्टमा पुगेपछि ३० जनाले छाडे काम


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका एकजना अधिकारी रेष्टुरेण्टमा पुगेर कागजपत्र मागेपछि त्यसको भोलिपल्ट बाल्टिमोरको एउटा रेष्टुरेण्टका ३० जनाले एकैपल्ट काम छाडेका छन् । बोटहाउस रेष्टुरेण्टका संचालकले आइसएका एजेण्टको सोधपुछपछि किचनका प्राय सबै कामदारले एकैपल्ट जागिर छाडेको बताएका छन् ।

बोटहाउस क्यान्टका संचालकले ग्राहकका नाममा एक खुल्लापत्र लेख्दै ट्रम्प प्रशासनले हिस्पानिक समुदायलाई लक्ष्यित गरेकोमा आपत्ति जनाएका छन् । ३० जनाले एकैपटक जागिर छाडेपछि अहिले रेष्टुरेण्टमा ३० जना कर्मचारीको अभाव भएको छ । जसका कारण बाँकी कामदारले दोब्बर सिफ्टमा काम गरिरहेका छन् । सबै कामदारले रेष्टुरेण्टको छानविन पास गरेको र सबैजना अमेरिकामा कानुनी रुपमा नै आएको रेष्टुरेण्टका संचालकले जनाएका छन् ।

बोटहाउस रेष्टुरेण्ट सन् २०१४ मा स्थापना गरिएको हो । रेष्टुरेण्टमा पुगेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका एजेण्टले दुईबर्षयता रेष्टुरेण्टमा काम गरेकाहरुको सुची मागेका थिए । आइसका प्रवक्ताले रोजगारदाताले रोजगारको कानुन पालना गरे नगरेकोबारे छानविनका लागि यसो गरिएको बताएका छन् ।

मिसिसिपीको एउटा एसियन रेष्टुरेण्टहरुमामा गत फरबरीमा आइसले छापा मारेर ५० जनाभन्दा धेरैलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै गत महिना मिसिगनको एउटा रेष्टुरेण्टमा आइसका एजेण्ट आएर ब्र्रेकफास्ट खाइसकेपछि तीनजना कामदारलाई नियन्त्रणमा लिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com