अमेरिकी ग्रिनकार्डको आवेदकलाई अब नयाँ फर्म


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अमेरिकी ग्रिनकार्डका लागि आवेदन दिन चाहनेहरुका लागि आजदेखि पुनरावलोन गरिएको नयाँ आवेदनको व्यवस्था गरेको छ । अमेरिकाको स्थायी बासिन्दा हुनका लागि वा स्टाटस एड्जस्ट गर्नका लागि प्रयोग गरिने आई ४८५ फर्म नयाँ रुपमा ल्याइएको हो ।

सर्वसाधारण र सरोकारवालाहरुबाट प्राप्त प्रतिकृयाका आधारमा फर्मको जटिलता कम गर्नका लागि नयाँ फर्म ल्याइएको युएससीआईएसले जनाएको छ । पुनरावलोकन गरिएको फर्ममा आवेदकलाई ठीक तरिकाले फर्म भरेर सुचना दिन सहज हुने र थप प्रमाण माग्नुपर्ने अवस्था कम हुने युएससीआईएसले अपेक्षा गरेको छ । फर्म सुधारिएकाले आवेदकले गर्ने गल्ती पनि कम हुने युएससीआईएसको अपेक्षा छ । अमेरिकामा हुने आवेदकले आफ्नो इमिग्रेशन स्टेटस एड्जस्ट गर्न र अमेरिकाको स्थायी बासिन्दा हुनका लागि आई ४८५ फर्म भर्दै आएका छन् । युएससीआईएसले आई ४८५ को पुरक फर्म ए र जे पनि पुनरावलोकन गरेको छ ।

फर्म भर्ने तरिकाका लागि यहाँ क्लिक गर्नुहोला । 

अगस्त २५ पछि पुराना फर्म नलिने

जुन २६ देखि लागु हुनेगरी पुराना फर्म समेत प्रयोग गर्नलाई ६० दिनको अवधि दिइएको छ । ६० दिनसम्म आवेदकले पुराना फर्म पनि पठाउनसक्नेछन् । तर जुन २६ देखि नै लागु हुनेगरी नयाँ फर्म स्वीकार्न थालिएको छ । अगस्त २५ देखि भने युएससीआईएसले पुराना आई ४८५ का फर्महरु स्वीकार नगर्ने जनाएको छ । नयाँ फर्ममा आवेदकको भौगोलिक अवस्थाबारे प्रश्नहरु राखिएकाले आवेदकले अबदेखि अलग्गै जी ३२५ ए फर्म भर्न नपर्ने भएको छ । फर्ममा २७ वटा इमिग्रयान्ट श्रेणीहरु छुट्याइएकाले आवेदकले श्रेणी छान्दा अन्यौलको अवस्था नरहने जनाइएको छ ।

फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com