अमेरिकाका सरकारी वेवसाइटहरु आईसीसको सन्देशसहित ह्याक


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

अमेरिकाका केही सरकारी वेवसाइटहरु आतंकबादी संगठन आईसीसको सन्देशसहित ह्याक गरिएको छ । न्युयोर्क, मेरिल्याण्ड र ओहियोमा अमेरिकाका सरकारी वेवसाइटहरु ह्याक भएका हुन् । ह्याक गरिएको गर्भनर डट ओहियो डट गभ खोल्दा आईसीसले ट्रम्पलाई दिएको चेतावनी देखिएको थियो ।

मुस्लिम देशहरुमा बगाइएको एकएकथोपा रगतका लागि ट्रम्प र उनका मान्छेहरु जिम्मेबार हुने भन्दै वेवसाइटमा सन्देश राखिएको थियो । मेरिल्याण्डको हवार्ड काउन्टीको सरकारी वेवसाइटपनि त्यसैगरी ह्याक गरिएको थियो । यता न्युयोर्कको बु्रकहेभनको सरकारी वेवसाइट पनि आईसीसको सन्देश सहित ह्याक गरिएको थियो ।

यात्रा प्रतिबन्धबारे सर्बोच्च अदालतको निर्णय आउनुभन्दा पूर्वसन्ध्यामा ती वेवसाइटहरु ह्याक गरिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com