‘गैरकानुनी सिमा पार’ गरेर अमेरिका आउने साढे ५ सय नेपालीलाई पासपोर्ट (भिडियो )


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

न्युयोर्कमा अलग्गै कन्सुलेट कार्यालय स्थापना भएको दुईबर्षको अवधिमा गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउने झण्डै साढे ५ सय नेपालीहरुले पासपोर्ट प्राप्त गरेका छन् ।

आज न्युयोर्कमा आयोजित कसीमा कन्सुलेट अन्तरकृया कार्यक्रममा बोल्दै न्युयोर्कमा रहेको नेपाली कन्सुलेटका वाणिज्यदूत कृसु क्षेत्रीले यो जानकारी दिनुभएको हो ।गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउने अरु कैयन नेपालीहरुको पासपोर्ट बन्ने क्रममा रहेको जनाइएको छ ।

सरकभर पासपोर्टको कपी र नभए नागरिकताको कपी भएपनि भेरिफाई गरेर पासपोर्ट उपलब्ध गराउने वाणिज्यदूत क्षेत्रीले जानकारी दिनुभयो । तर नागरिकताको मात्र कपी भएको खण्डमा भेरिफिकेशन प्रकृया केही लामो हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा भएको थियो । पत्रकार किरण मरहठ्ठाले संचालन गर्नुभएको कार्यक्रममा उपस्थीतहरुले विभिन्न प्रश्नहरु राखेका थिए ।

कार्यक्रमको भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com