सोमबार वासिंटन डिसीमा मोदी र ट्रम्प भेट्दै, एचवानबी भिसाको मुद्दा सतहमा


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

पोर्चुगल भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ । ट्रम्पले एचवान बी भिसा कार्यक्रम पुनरावलोकन गर्न निर्देशन दिएपछि भारतीय आईटी कम्पनीहरु र कामदारहरु दवावमा परिररहेको सन्दर्भमा मोदी र ट्रम्पबीच भेटवार्ता हुन लागेको हो ।

यो सन्दर्भमा मोदीले भारतीय दक्ष कामदारका लागि प्रदान गरिने भिसाको सन्दर्भमा ट्रम्पसँग कुराकानी गर्ने जनाइएको छ । मोदीको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेट र अमेरिकी नयाँ नेतृत्वसँग भारतको सम्वन्धका कारण विशेष महत्वकासाथ हेरिएको छ । मोदी र ट्रम्पको यही जुन २६ मा वासिङ्टनमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

चार–दिन लामो भ्रमणका लागि छुट्नुभन्दा पहिले प्रधानमन्त्री मोदीले आफूले राष्ट्रपति ट्रम्पसँग गहिराइमा विचारको आदानप्रदान गर्नुहुने बताउनुभएको छ ।
मोदीले ट्वीटमार्फत बताउनुभएको छ, “मेरो अमेरिका भ्रमण वासिङ्टन र दिल्लीवीचको सम्वन्धलाई थप मजबुत पार्ने बिषयमा केद्रित रहने छ ।”

भारत र अमेरिकावीचको मजबुत सम्बन्धले भारत र समग्र विश्वलाई लाभ हुने, फेसबुकमा पोष्ट गरिएको सन्देशमा भारतको जुन २५ र २६ मा हुने दुई दिने अमेरिकी भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणमा हुन लागेको बताइएको छ ।

अमेरिका बसाईमा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्प, उहाँको मन्त्रीपषिद्का सदस्य लगायत महत्वपूर्ण अमेरिकी उच्च अधिकारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री मोदी पोर्चुगलका आफ्ना समकक्षी एन्टोनियो कोष्टासँगको भेटका लागि छुट्टाउनुभएको छ । पोर्चुगलको भ्रमणमा भारतकोे पोर्चुगलसँग केही पहिले भएको संयुक्त पहल र निर्णयबारे पुनरावोलकनका लागि छुट्टाइएको, प्रधानमन्त्री मोदीले बताउनुभयो ।

पोर्चुगलबाट मोदी सिधै अमेरिका जानुहुनेछ भने फर्किनेक्रममा यही जुन २७ मा डच प्रधानमन्त्री मार्क रुटका साथै नरेश विलियम अलेक्जेन्डर र रानी म्याक्सिमासँग पनि भेटवार्ता गर्नुहुनेछ ।

यसबर्ष भारत–न्युजिल्याण्ड कुटनैतिक सम्बन्ध स्थापनकोे ७० औँ बर्षगाँठ मनाइदैछ । पिटीआई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com