कागजपत्रविहिनलाई न्युयोर्कको अदालतबाटै नियन्त्रणमा लिइदै


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुलाई मानवतस्करीबाट पीडित कागजपत्रविहिन आप्रवासीहरुलाई राज्य अदालतबाटै नियन्त्रणमा लिन थालेका छन् । गत फरबरी यतामात्र २० जनालाई आइसका अधिकारीहरुले राज्य अदालतबाटै नियन्त्रणमा लिएका छन् ।

मानव तस्करीको शिकार बनेकाहरुलाई समेत आइसका अधिकारीहरुले नियन्त्रणमा लिन थालेपछि न्युयोर्कमा त्रास फैलिएको छ । आइसका अधिकारीहरु न्युयोर्कको अदालतमा नै वयक्तिलाई नियन्त्रणमा लिन उपस्थीत भएको देखेपछि न्युयोर्कका न्यायाधिस र सामाजिक कार्यकर्ताहरु चकित भएका थिए ।

आइसका अधिकारीहरुले गैरकानुनी रुपमा मसाजमा संलग्न एकजना जवान चिनिया महिलालाई नियन्त्रणमा लिन आएपनि उनी अदालत छाडेर गइसकेकाले नियन्त्रणमा लिन सकेनन् । तर अरु कागजपत्रविहिन आप्रवासीहरु भने चिनिया महिला जस्तै भाग्यमानी भएनन् ।

तीनजना कागजपत्रविहिनहरुलाई आइसका अधिकारीहरुले नियन्त्रणमा लिएको आइसका प्रवक्ता रसेल योंग योले जानकारी दिएका छन् । सिटी काउन्सिलकी प्रवक्ता मेलिसा मार्क भिभेरिटोले मानव तस्करीबाट पीडित कागजपत्रविहिनलाई नियन्त्रणमा लिनआइसको यस्तो कार्य नैतिक भ्रष्टता भएको टिप्पणी गरेकी छिन् ।

सन् २०१६ मा मात्र न्युयोर्कमा ३२७ मानवतस्करीका घटनाहरु रहेका थिए । मानवतस्करीबाट अमेरिकामा ल्याइएकाहरु प्राय कागजपत्रविहिन हुने गर्छन् भने उनीहरुलाई विवाहको झुठो आश्वासन वा कानुनी कामको आश्वासन सहित काममा लगाउने गरिन्छ । पीडित बनेपछि त्यस्ता व्यक्ति कानुनी सहायता खोज्दै विभिन्न संस्थामा पुग्ने गर्छन् ।

न्युयोर्क सिटी काउन्सिल प्रवक्ताले प्रधानयायाधिस जानेट डिफिओरे र प्रमुख प्रशासनिक न्यायाधिस लअरेन्स मार्कलाई राज्य अदालतमा आइसका अधिकारीको उपस्थीतिबिरुद्ध अडानलिन प्रेरित गरेकी छिन् । गत अप्रिलमा न्युजर्सीको सर्वोच्च अदालतका प्रधान न्यायाधिस स्टाउट रेब्नरले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई पत्र लेख्दै अदालतबाट कागजपत्रविहिनहरुलाई पक्राउ गर्नेकाम बन्द गर्न भनेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com