यी हुन् एकजनालेमात्र डिभी पारेका र कसैले नपारेका देश


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

सन् २०१८ का लागि विश्वभरबाट १ लाख १५ हजार ९ सय ६८ जनालाई डिभी लोटरी परेको छ । डिभी लोटरी पार्नेमा १ जनादेखि ४५ सय जनासम्मलाई डिभी लोटरी परेको छ । कुनै कुनै देशका त एकजनालाई पनि डिभी लोटरी परेन ।

२०१८ को डिभी कार्यक्रमका लागि योग्य भएपनि शेशल्स, तुभालु, मार्शल आइल्याण्ड, भ्याटिकन सिटी, एण्डोरा, लेचतेनिस्तान, शान मारिनो, टिमोर लेस्ट, शाओ टोमका कोही पनि डिभी कार्यक्रममा छनौट भएनन् । यी देशहरु डिभी कार्यक्रमका लागि योग्य भने थिए ।

उत्तर कोरिया, बेलिज, भालवार्ड, सेन्ट किट्स एण्ढ नेभिस र न्वुवेका एकएकजनालाई मात्र डिभी लोटरी परेको छ । लग्जेम्बर्गका २ जनालाई डिभी लोटरी परेको छ भने मकाउका ५ जनालाई डिभी लोटरी परेको छ । भुटानका १६ जनालाईमात्र डिभी लोटरी परेको छ भने माल्दिभ्सका ४ जनालाई मात्र डिभी लोटरी परेको छ ।

तस्विरमा भ्याटिकन सिटी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com