सन् २०१८ का लागि डिभी परेका ४०९७ जना नेपालीमध्ये ६ सय धेरैले भिसा नपाउने


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

डिभी लोटरीमा छनौट हुँदैमा अमेरिका आउने र ग्रिनकार्ड पाउने ग्यारेन्टी भने हुँदैन । डिभी लोटरी परेका कैयन नेपालीहरु अमेरिका आउनभने पाउँदैनन् । सन् २०१८ का लागि डिभी लोटरी परेका ४०९७ जना नेपालीमध्ये झण्डै ३५ सयलेमात्र भिसा पाउनेछन् बाँकी ६ सय भन्दा धेरैले भने भिसा नपाउने निश्चित छ ।

संसारभरबाट डिभी लोटरी विजेताहरुमध्ये ५० हजारका लागि भिसा उपलब्ध हुने नियम छ । जसअनुशार एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने अमेरिकी सरकारको नियम रहेको छ । तर डिभीको छनौट प्रकृयामा कैयन व्यक्ति अयोग्य हुने र कैयन अमेरिका नआउने भएकाले उपलब्ध हुने भिसा नम्बर भन्दा धेरैलाई लोटरी पार्ने गरिन्छ ।

५० हजारको भिसा संख्या सबै प्रयोग होस् भन्ने उद्देश्यले धेरैलाई लोटरी पारिन्छ । यसरी हेर्दा सन् २०१८ का डिभी लोटरी विजेताहरुमध्ये ६ सय भन्दा धेरै डाइभर्सिटी भिसा पाउन अयोग्य हुने देखिएको छ ।
२०१८ का लागि पनि ५० हजारले भिसा पाउनेमा १ लाख १५ हजार ९ सय ६८ जनालाई डिभी कार्यक्रमका लागि छनौट गरिएको छ । सन् २०१८ को डिभी लोटरी कार्यक्रममा विश्वभरबाट १ करोड ४६ लाख ९२ हजार २५८ जनाले लोटरी भरेका थिए । उनीहरुका आफन्तहरुसहित २ करोड ३० लाख ८८ हजार ६१३ जना डिभी कार्यक्रममा सहभागी भएका थिए ।

चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुलाई डिभी लोटरी परेपनि उनीहरुमध्ये ५ सय भन्दा धेरैले भिसा नपाउने निश्चितप्राय नै छ । आर्थिक बर्ष २०१६ का लागि ३८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपनि ५ सय ५४ जना डिभी विजेता नेपालीहरु भिसा पाउन अयोग्य भएका थिए ।

इतिहास हेर्दा सन् २००३ मा २३२० नेपालीलाई डिभी लोटरी परेकोमा १७५४ जनामात्र अमेरिका आउन पाए, ५६६ जनाले भिसा पाएनन् । सन् २००४ मा ४२५९ जनालाई डिभी लोटरी परेकोमा १७७५ जनाले भिसा पाए भने २४८४ जना अमेरिका आउन पाएनन् । त्यस्तै सन् २००५ का लागि २६९८ जना नेपालीले डिभी लोटरी पारेपनि १७८९ जनालेमात्र भिसा पाए, ९०९ जनाले भिसा पाएनन् ।
सन् २००६ मा १९३४ जनालाई डिभी लोटरी परेको थियो भने १४५७ जना भिसा पाएर अमेरिका आए भने ४७७ जनाले भिसा पाएनन् । त्यस्तै सन् २००७ मा १५२९ जनालाई डिभी लोटरी परेको थियो तर ११९१ जनालेमात्र भिसा पाए, ३३८ जनाले पाएनन् । त्यस्तै सन् २००८ मा २५६२ जनालाई डिभी लोटरी परेकोमा २०७३ जनाले भिसा पाएका थिए, ४८९ जना अमेरिका आउन पाएनन् ।

सन् २००९ मा १८९१ जना नेपालीहरुलाईमात्र डिभी लोटरी परेको थियो । तर १६१५ जनामात्र भिसा पाएर अमेरिका आए, बाँकी २७६ जना अमेरिका आउन पाएनन् । त्यस्तै सन् २०१० मा २१३२ जनालाई डिभी लोटरी परेकोमा १९३६ जनाले भिसा पाए, बाँकी १९६ जनाले पाएनन् । सन् २०११ मा २१८९ जनालाई डिभी लोटरी परेको थियो, जसमध्ये २०१७ जना अमेरिकामा आए भने १७२ जनाले भिसा पाएनन् । सन् २०१२ मा भनृ ३२५८ जनालाई डिभी लोटरी परेको थियो । यो बर्ष १९५३ जनालेमात्र भिसा पाए १३०५ जनाले पाएनन् ।

त्यस्तै सन् २०१३ मा ४३७० जना नेपालीहरुलाई डिभी लोटरी परेको थियो । उनीहरुमध्ये ३३७७ जनाले भिसा पाएर अमेरिका आएपनि ९९३ जनाले भने भिसा पाएनन् । सन् २०१४ को कार्यक्रमका लागि अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ६०८२ जना नेपालीले डिभी लोटरी पारे । यो बर्षको कार्यक्रममा डिभी लोटरीबाट इतिहासमा नै सबैभन्दा धेरै ३५०४ जना नेपालीहरु अमेरिका आए भने इतिहासमा नै सबैभन्दा धेरै २५७८ जनाले अमेरिकाको भिसा पाएनन् । सन् २०१५ मा ४९९१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए तर ३३७० जनाले भिसा पाए भने बाँकी १६२१ जनाले पाएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com