डिभी पर्नेमा सातौं नम्बरमा नेपाल


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

डिभी भर्नेमा पनि नेपालीहरु निकै अगाडि छन् । डिभी चिठ्ठा खुल्दा काठमाडौंदेखि देशैभर मेला लागेजस्तै हुन्छ । त्यसैले त डिभी पर्नेमा पनि नेपालीहरु निकै अगाडि छन् । सन् २०१८ का लागि डिभी लोटरी पर्ने देशका नागरिकहरुमा नेपालीहरु टपटेनमा परेका छन् । एसियाको सन्दर्भमा भने आर्थिक बर्ष सन् २०१८ का लागि सबैभन्दा धेरै डिभी लोटरी पर्नेमा नेपालीहरु दोश्रो नम्बरमा छन् ।

विश्वमा सबैभन्दा धेरै डिभी लोटरी पार्नेमा रुस र इरानमा पहिलो नम्बरमा परेको छ । रुसका ४५ सय जना र इरानका ४५ सय जना डिभी लोटरीमा छनौट भएका छन् । त्यस्तै दोश्रोमा कंगोमा ४४९७ जना डिभी लोटरीमा छनौट भएका छन् भने तेश्रोमा इथोपियाका ४४९६ जनाले डिभी लोटरी पारेका छन् । चौथोमा उज्जेकिस्तानका ४४९४ जनाले र पाँचौमा अल्बानियाका ४४८४ जनाले डिभी लोटरी पारेका छन् । छैठौंमा टर्कीका ४३९० जना डिभी लोटरीमा छनौट भएका छन् भने नेपाल सातौं नम्बरमा परेको छ ।

तपाईलाई परेको छ कि छैन चेक गर्न यहाँ क्लिक गर्नुहोला । 

२०१८ को डिभी कार्यक्रमका लागि योग्य भएपनि शेशल्स र टिमोर लेस्टका कोही पनि डिभी कार्यक्रममा छनौट भएनन् । उत्तर कोरिया, बेलिज, सेन्ट किट्स एण्ढ नेभिस, न्वुवे लगायतका देशका एकएकजनालाई मात्र डिभी लोटरी परेको छ । लग्जेम्बर्गका २ जनालाई डिभी लोटरी परेको छ भने मकाउका ५ जनालाई डिभी लोटरी परेको छ । भुटानका १६ जनालाईमात्र डिभी लोटरी परेको छ भने माल्दिभ्सका ४ जनालाई मात्र डिभी लोटरी परेको छ ।

 

भाग्यमानी ४०९७

अमेरिकाको अध्यागमनमा कैयन कुराहरु अझैपनि भाग्य र लोटरीका आधारमा चल्दै आएको छ, अध्यागमनमा सबैभन्दा ठूलो भाग्यको फैसला गर्ने लोटरी हो, डिभी लोटरी । सन् २०१८ को लागि खोलिएको डिभी लोटरीमा छनौट भएका छन् ४०९७ जना नेपाली । बसोबासका लागि अमेरिका आउन चाहनेहरुका सन्दर्भमा डिभी लोटरी सबैभन्दा सजिलो र भरपर्दो उपाय हो, हालसम्मका लागि ।

अमेरिकी विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०१८ का लागि डिभी लोटरी पर्नेहरुको संख्या सार्वजनिक गर्दै ४०९७ जना नेपालीहरुका लागि अमेरिकाको ढोका खोलेको छ । सन् २०१८ का लागि डिभी लोटरी पर्नेहरुले सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को सेप्टेम्बरसम्म अमेरिकी भिसा प्राप्त गर्नेछन् । अहिले सन् २०१७ का लागि डिभी लोटरी विजेताहरुले अमेरिकाको भिसा पाइरहेका छन् । सन् २०१७ का डिभी लोटरी विजेताहरुले आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गर्नेछन् ।

सन् २०१८ को डिभी कार्यक्रमका लागि छनौट हुने ४०९७ जना भने सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरीका लागि आवेदन दिनेहरु हुन् । उनीहरुले सन् २०१७ को मे २ देखि आफू डिभी लोटरी विजेता भए नभएको चेक गर्न सक्नेछन् ।
सन् २०१८ का लागि डिभी लोटरी भर्नेहरुलाई कम्तीमा सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेशन नम्बर राख्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com