ईनेप्लिज/रेडियो जिन्दगि बार्षिक उत्सव यसरी सम्पन्न


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

 

 

विजय थापा,वाशिंगटन डिसी

डिसी महानगर क्षेत्र बाट संचालित अङ्किय पत्रिका ईनेप्लिज तथा रेडियो जिन्दगि को बार्षिक उत्सव कार्यक्रम गत जुन १७ गते सम्पन्न भयो l बार्षिक उत्सवमा बिशेष प्रस्तुति ,सम्मान कार्यक्रम तथा सांगीतिक कार्यक्रम साथ सम्पन्न भयो l

ईनेप्लिज ५ बर्ष पुरा गरेता पनि पहिलो पटक पहिलो बार्षिक उत्सव मनाएको हो भने कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गीत नेपाली पाठशाला सेन्टर भिलका बिद्यार्थीहरुले गाएका थिए l यसै गरि सेन्टरभिल कि चर्चित बिद्यार्थी एनबिए समेतमा अमेरिकन राष्ट्रिय गीत गाई सकेकी प्रकृति देउजाले अमेरिकन राष्ट्रिय गीत गाएकी थिइन् l मनासस नेपाली पाठशालाका बिद्यार्थी ले नेपाली राष्ट्रिय गीत ,हरन डन शहरका बिद्यार्थीहरु तथा अन्य स्थानीय कलाकार लगायतले बिशेष प्रस्तुति गरेका थिए l

कार्यक्रममा अतिथिहरुलाई बिल्ला वितरण स्वयम् सेविका रिमा केसीले गरेकी छिन् भने उत्सवको सभापति विश्व राज थापाले प्रमुख अतिथि तथा अतिथिहरुलाई आतिथ खादा लगाई सम्मान गरेका थिए l

यसै गरि अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )द्वारा बार्षिक उत्सव मा आवरण गरिएको ईनेप्लिजको पाटि अनावरण गरि रिबन तथा केक काटी कार्यक्रमको उद्घाटन गर्दै उक्त केक अतिथि तथा अन्यलाई बाढिएको थियो l

कार्यक्रममा पहिलो चरणको कार्यक्रममा नेपाली मूलका विभिन्न व्यक्तिहरुलाई नेपाल र नेपालीको नाम र पहिचान बिश्व भर पुर्याउन योगदान गर्ने लाई बिशेष सम्मान गरिएको थियो भने नेपालका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ l उत्सवमा प्रमुख अतिथि राजदुत कार्की ,नायिका झरना थापा ,महा बाणिज्य दुत प्रेम राजा महत ,एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी लगायत अन्यले शुभकामना दिएका थिए l

ईनेप्लिजले समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दै महा बाणिज्य दुत प्रेम राजा महतले ५ सय १ डलर आश्चर्य जनक रुपमा गोप्य राख्दै संस्थापक बिश्व राज थापालाई पदक सहित नगद प्रदान गरेका थिए l उत्सवमा सान (सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेस ) कि सभापति मंजु संग्रौला ले पनि ५ सय ५० डलर दिने घोषणा गरेकी छिन् l

यसै गरि नेवाः अर्गनाई जेसन अफ अमेरिकाको तर्फ बाट पूर्व अध्यक्ष राम लाल श्रेष्ठ,ले ३ सय २६ डलर घर बेच बिखन अभिकर्ता तथा समाज सेवी बुद्ध लामा ले १ सय ५१ डलर को धनादेश (चेक ) तथा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले ५ सय १ को धनादेश दिएका थिए l यसै गरि घर बेच बिखन कि अभिकर्ता अन्जना बुढाथोकीले पनि आर्थिक सहयोग गरेकी छिन् l यसै गरि अमेरिका नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष कंडेलले पनि समुदायमा योगदान गरे वापत सहयोग गर्ने भएका छन् l

कार्यक्रममा न्युयोर्क बाट विश्व कीर्तिमानी रोहित तिमिल्सिना ,जोली अमात्य ,कन्चन अमात्य आएका थिए भने कलाकारहरुमा यम बराल तथा गम्बु शेर्पा पनि आएका थिए l यसै गरि न्युयोर्क र न्यु जर्सी बाट युएस नेपाल अन लाईन का सम्पादक प्रदिप परियार थापा ,महिला सामाजिक कार्यकर्ता बिष्णु माया परियार अठा खसोखासका सम्पादक किसोर पन्थी तथा पेनसेल्भानिया बाट नायिका सज्जा मैनाली तथा न्युयोर्क बाट ईनेप्लिज कि सहयोगी हात सच्चि मैनाली समेत आएका थिए l

कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,बिशेष व्यक्तित्व ,विभिन्न पेशामा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो l सांस्कृतिक कार्यक्रममा कलाकारहरु यम बराल ,गम्बु शेर्पा ,सृजन ताम्राकार ,गणेश पराजुली लगायतको बिशेष प्रस्तुति रहेको थियो l

तस्बिर :राजीव श्रेष्ठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com