कोरियामा दश दिनमा पाँच नेपाली कामदारको मृत्यु


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

दश दिनको बीचमा दक्षिण कोरियामा पाँच नेपाली कामदारको मृत्यु भएको छ । ईपिएसमार्फत काम गर्न कोरिया पुगेका नेपालीहरुको मृत्यु संख्या बढ्दै गएपछि नेपालीहरु चिन्तित बनेका छन् । दश दिनको बीचमा दुई जना नेपालीले आत्महत्या गरेका छन् । दुई नेपालीले काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गुमाएका छन् भने गएराति एक नेपाली सुतेको अवस्थामा मृत भेटिएका हुन् ।

म्याग्दीका २७ बर्षीय शिव कुमार कार्की सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी कोरियाको खिम्फोस्थित उनी कार्यरत कम्पनीको होस्टलमा बस्दै आएको कोरियन प्रहरीका लागि भाषा अनुवाद गर्ने नेपाली उमेश बस्नेतले बताउनुभयो । करिब नौ महिना अघि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कामका लागि उनी कोरिया आउनु भएको हो । मृतक कार्कीको शव अहिले किम्फोस्थित अस्पतालमा राखिएको र प्रहरीले अनुसन्धान जारि राखेको बस्नेतले बताउनुभयो ।

कोरियामा पछिल्लो समय एक पछि अर्काे गरि नेपालीको ज्याने क्रम बढेपछि यहाँ कार्यरत नेपालीको सुरक्षाको चिन्ता बढेको छ । मृतकहरुको विषमया यहाँको सरकारि निकायले वास्तविक रिपोर्ट सार्वजनिक नगरेको र नेपालका मातहतका निकायले चासो साथ अध्ययन पनि नगर्ने गरेको गुनासो नेपालीहरुको छ ।

अन्नपूर्ण पोष्टबाट साभार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com