नाटक ‘जोडियोस् भत्किएका मनहरू’ दक्षिण एशियालीहरुमाझ पनि चर्चामा


प्रकाशित मिति : भाद्र १३, २०७३ सोमबार

-अनुज थापा

अशेष मल्लद्धारा लिखित र हरिबहादुर थापाद्धारा निर्देशित नाटक जोडियोस् भत्किएका मनहरुलाई दक्षिण एशियाली दर्शकहरुले धेरै मन पराए । अगस्ट २७ र २८ गरी दुई दिनसम्म चलेको ११ औं दक्षिण एशियाली थियटर फेस्टिभलमा नेपाली नाटकले मञ्चन गर्ने अवसर पाएको हो ।

अगस्ट २८ तारिखका दिन अमेरिकाको न्युजर्सी राज्यमा अवस्थित जर्ज स्ट्रिट प्लेहाउसमा उक्त नाटकको एक दृश्य मञ्चन गरिएको थियो ।
एक बुढीआमा र पत्रकारको १० मिनेट लामो दृश्यलाई त्यस दिन मञ्चन गरिएको थियो ।

नाटक हेर्न आएकी एक बंगालदेशी दर्शक रितुपर्नाेदास दत्तले नाटकको मृक्त कण्ठले प्रशंसा गरिन् । “ मैले नेपाली नाटकको बारे धेरै राम्रो कुरा सुनेकी थिए । आज आफ्नै आंखाले त्यो देख्न पाए । भुकम्पको पीडा निकै नै राम्ररी प्रस्तुत गर्नुभएको रहेछ ,” दत्तले भनिन् ।

यता भुकम्प र सशस्त्र द्धन्दमा परि सबै आफन्त गुमाएकी पात्रको भुमिका गरेकी नदिया लिवाङले यसरी ३०० भन्दा बढी गैरनेपाली माझ नाटक देखाउनु पाउंदा एकदमै खुशी लागेको बताइन् ।

“ नाटक भनेको इमोशन्स हो र यहि इमोशन्सलाई गैर नेपाली दर्शकले मनपराए, ” नदियाले भनिन् ।

त्यस्तै दृश्यकै अर्की पात्र दीपिका श्रेष्ठ र कृश थापाले भाषा नबुझेपनि दर्शकले यसरी नाटकको सराहना गरेको निकै नै गर्व लागेको बताए । “ हामीलाई थाहा थिएन कि दर्शकले यसरी हाम्रो प्रस्तुती मन पराउनुहुन्छ भनेर , ” दीपिकाले भनिन् ।

नाटकका सहनिर्देशक सहदेव पौडेलले निर्देशक हरिबहादुर थापालाई दिइएको सम्मान ग्रहण गरेका थिए । दुई दिनसम्म चलेको फेस्टिभलमा ९ वटा नाटक मञ्चन भएका थिए ।

यसअघि उक्त नाटक म्यानह्याटनको ७७७ थियटरमा गत डिसेम्बर र फेबु्रअरीमा गरी ३ पटक मञ्चन भएको थियो ।

को पुनः प्रदर्शनी पनि हाउसफुल भएको छ । फेब्रुअरी २० तारिखका दिन पुनः मञ्चन भएको नाटकलाई पनि दर्शकहरुले स्वाद मानेर हेरेका थिए । म्यानह्याटनमा रहेको ठठठ त्जभबतचभ मा पुनः प्रदर्शनी भएको नाटक अवलोकन गर्न अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनबहादुर कार्की समय निकालेर पुग्नुभएको थियो । नाटक मञ्चन भएपश्चात नाटकप्रेमीहरुलाई सम्बोधन गर्दै कार्कीले नाटकले भुकम्पको पीडालाई सजीव रुपमा उतारेको भन्दै प्रशंसा गर्नुभयो ।

“ मैले नाटक हेर्दा भुकम्पको पीडा अनुभुति गरें । सांच्चै निकै नै उत्कृष्ट नाटक बनेको रहेछ यो । ” वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले निर्देशन गर्नुभएको नाटक जोडियोस् भत्किएका मनहरु नेपालमा आएको विनाशकारी भूकम्प पछिको कथा व्यथा पोखिएको छ । नाटकमा नदिया लिवाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, ज्योतिकुमार श्रेष्ठ, दिपिका श्रेष्ठ,अनुज थापा, विकास बिष्ट, कृष् थापा ,क्रिस्टल थापा, दिलाष्मा रजक र निर्देशक हरि बहादुर थापाले सुत्रधारको भूमिकामा अभिनय गरेका छन् । १५८ सिट क्षमताको उक्त थियटरमा यसअघि डिसेम्बर १३ तारिखका दिन पनि नाटक मञ्चन भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com