अमेरिकाबाट १९९ इराकीलाई देशनिकाला गरिदै, देशनिकालाको सुचीमा १५२० नेपाली


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले अमेरिकाबाट १९९ जना इराकीहरुलाई नियन्त्रणमा लिएर देशनिकालाको तयारी गरेको छ । उनीहरुमध्ये अधिकांश मिसिगनको डेट्रोइट क्षेत्रबाट पक्राउ परेकाहरु हुन् ।

विगतमा इराकले अमेरिकाबाट देशनिकाला भएका आफ्ना नागरिकलाई फिर्ता लिन अस्वीकार गर्दै आएको थियो । तर ट्रम्पले इराकीहरुलाई यात्राप्रतिबन्ध लगाउने देशको सुचीबाट हटाएपछि इराक आफ्ना नागरिक फिर्ता लिन सहमत भएको थियो ।

देशनिकालाबिरुद्धको प्रदर्शनको क्रममा ।

इराकले यस्तो सहमति जनाएपछि मेको अन्तिम सातायता उनीहरुलाई नियन्त्रणमा लिएर देशनिकालाको तयारी गरिएको जनाइएको छ । गतसातामात्र डेट्रोइट क्षेत्रबाट ११४ इराकीहरुलाई पक्राउ गरिएको थियो भने बाँकी अमेरिकाको अन्य राज्यबाट पक्राउ परेकाहरु थिए ।

देशनिकालाबिरुद्धको प्रदर्शनको क्रममा ।

पक्राउ परेकाहरुमध्ये अधिकांश हत्या, बलात्कार, हतियारको प्रयोग लगायतका अन्य आपराधिक कृयाकलापमा संलग्न रहेकाहरु रहेको आइसले जनाएको छ । गत अप्रिल १७ सम्मको तथ्यांक अनुशार अमेरिकाबाट १४४४ जना इराकीहरुले देशनिकालाको अन्तिम आदेश पाइसकेका छन् ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको सुचीमा १५२० जना नेपालीहरु रहेको विभिन्न तथ्यांकले देखाएको छ । उनीहरुका ठेगानामा कुनै पनि बेला आइसका एजेण्टहरु पुग्न सक्छन् । उनीहरु पक्राउ पर्न सक्छन् । उनीहरुले टीपीएस लगायतका कुनै कागजात देखाएमा देशनिकाला हुनबाट बच्न सक्छन् । अन्यथा उनीहरु नै देशनिकालाको उच्च जोखिममा छन् । 

देशनिकाला गर्न लागिएकाहरुलाई राखिएको बस हेर्दै उनीहरुका साथीभाई र आफन्त ।

मार्च १२ मा इराकसँग भएको सहमतिपछि अन्य ८ जना इराकीहरुलाई अमेरिकाबाट इराक फिर्ता पठाइसकिएको छ । इराकलाई ट्रम्पले यात्रा प्रतिबन्धको सुचीबाट हटाएको बदलामा इराकले अमेरिकाबाट देशनिकाला गरिएका आफ्ना नागरिक फिर्ता लिन सहमति जनाएपछि अमेरिकालाई इराकीहरु देशनिकाला गर्न सहज भएको छ । अमेरिकामा रहेको इराकी कुटनीतिक नियोगले देशनिकालामा परेकाहरुका लागि ट्राभल डकुमेन्ट जारी गर्न अमेरिकी सरकारसँग सहमति जनाइसकेको छ ।

देशनिकाला गर्न लागिएकाहरुलाई राखिएको बस हेर्दै उनीहरुका साथीभाई र आफन्त ।

 

‘डिपोर्टका लागि निशानामा रहेका नेपाली अमेरिकामा ठूलो संख्यामा’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com