२ बर्षदेखि भाँच्चिएको हातसँगै इटाभट्टीमा काम गर्न बाध्य छन् १४ बर्षका आकाश


प्रकाशित मिति : जेष्ठ २९, २०७४ सोमबार

बालश्रमबिरुद्दको दिवस

नाम आकाश । उमेर १४ बर्ष । दुईबर्ष अगाडि इटाभट्टीमा काम गर्दा गर्दै उनको हात भाँच्चियो । तस्विरमा उनको पछाडि रहेको इटाभट्टीमा काम गर्दा गर्दै उनको हाच भाँच्चिएको हो । अहिलेसम्म निको भएको छैन । ललितपुरको खोकना नजिकै रहेको यो इटाभट्टीमा अहिले उनी भाँच्चिएको हातसँगै काम गर्न बाध्य छन् । एक त बालश्रमिकका रुपमा काम गरिरहेका छन् । अर्को उनी शारिरिक रुपमा पनि अशक्त भएका छन् । इटाभट्टीको साहुले उनको हातको उपचार समेत गराइदिएका छैनन् । जसका कारण उनी घाँटीमा हात झुण्डाएर नै काम गर्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनी विद्यालय जान पनि पाएनन् ।

 

आकाश त एउटा उदाहरणमात्र हुन् । काठमाडौंमा विभिन्न जोखिमपूर्णस्थल, कारखाना र अन्य काममा बालश्रमिकको प्रयोग रोकिएको छैन । बालश्रमिकका पक्षमा काम गर्ने एनजीओ आइएनजीओहरु कागजमा काम गर्न र तलब भत्ता पचाउनमा नै मस्त छन् । ठूला ठूला तारे होटेलमा हुने गोष्ठी र सेमिनारबारे यी बालश्रमिकहरुलाई के थाहा ? उनीहरु इटाभट्टी, कारखाना, भाडाका गाडी, होटल र रेष्टुरेण्टमा नै काम गर्नमा व्यस्त छन् ।

बालश्रम गैरकानुनी हो । तर बालबालिकाहरुलाई जोखिमपूर्ण काममा लगाउनेहरुदेखि बालअधिकारका पक्षमा बोल्नेहरुसम्मलाई कमाउधन्दासँगै मतलव छ । बालश्रमबिरुद्दको दिवसका अवशरमा जुन १२  सोमबार खसोखासका नेपाल फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका बालबालिकाहरु काम गरिरहेका केही तस्विरहरु आफै बोल्छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com