संकटमा पर्दै पुर्खौली कुमाले पेसा


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

पहिला जस्तो आजकाल बजारमा माटोका भाँडाहरु पाईदैनन् । माटाका साटो प्लाष्टिकका सामानहरु बजारमा प्रशस्तै भेटिन्छन् । थरिथरिका प्लाष्टिकका सामान सस्तो मूल्यमै पाउन थालेपछि माटोका भाँडाहरु बनाएर बेच्दै आएका कुमालेको पुरख्यौली पेसा नै संकटमा परेको छ ।

 

माटोका गमला, खुत्रुके, घैटो, हाँडीका साथै दियोजस्ता सामाग्री बनाउने कुमाले जातिको पेसा, बजारमा भित्रिएका विभिन्न खाले प्लाष्टिकका सामाग्रीका कारण संकटमा पर्न थालेको हो । हुनत कुमाले समूदायका युवा पुस्ता आजको अवस्थामा पुर्ख्यौली पेशा सम्हाल्न अग्रसर  देखिदैनन् । युवाहरुको लगाव र रुची नहुँदा बुढापाखाले धान्दै आएको पेशा थप संकटमा पर्दै गएको हो ।

पहिला माटाका भाँडाकुडा बनाउन भ्याईनभ्याई हुन्थ्यो अहिले भने बनाइ सकेका भाँडाकुडा पनि विक्री हुदैन् भने चिन्त बढेको छ , न त माटाका भाँडा बनाउनलाई राम्रा माटो नै पाउँन्छ” ।

हातले कुँदिएका कलात्मक माटोका भाँडाहरुको केहि वर्ष अघि सम्म बजारमा राम्रै माग हुने गथ्र्याे । आजभोलि भने बजारमा भित्रिएका प्लाष्टिकका साथै अन्य भाँडाकुँडाले माटोका भाँडाकुँडाको मागलाई ह्रवात्तै घटाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com