१४ बर्षकी नेपाली विद्यार्थीलाई कक्षाबाटै उठाएर रुवाउदै डिपोर्ट (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

– हरिकृष्ण पन्थी 

नेपाली बाबुआमाबाट जर्मनीमा जन्मेकी १४ बर्षकी बालिका बिभ्सी रानालाई जर्मन प्रहरीहरुले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर नेपाल देशनिकाला गरेका छन् । राना जर्मनीको नर्थ राइन बेष्टफेलियामा हाइस्कुलमा अध्ययनरत थिइन् । उनलाई प्रहरीले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर फ्रैंकफर्ट विमानस्थलमा लगेका र त्यहीबाट देशनिकाला गरेर नेपाल पठाएका थिए । उनी सन् २००२ को ११ जुन मा जर्मनीमा जन्मिएकी थिइन् । उनको १५ औं जन्मदिन आउनु केहीदिन अगाडि उनलाई जर्मनीबाट देशनिकाला गरिएको छ ।

कक्षाकोठाबाट प्रहरीले बिभ्सीलाई पक्राउ गर्दा उनी आत्तिएर रोएकी थिइन् । बिभ्सीका परिवार जर्मनीमा बस्न पाउने अनुमति सन् २०१३ मा नै सकिएको थियो । त्यसपछि उनका परिवारले जर्मनीमा बस्नका लागि अनुरोध गर्दै फाइल गरेको अपिल पनि सन् २०१६ को मार्चमा मा खारेज भएपछि बिभ्सीलाई देशनिकाला गरिएको हो । बिभ्सीसँगै उनका बाबुआमालाई पनि जर्मनीबाट देशनिकाला गरिएको छ । बिभ्सीका परिवार १५ बर्ष अगाडि जर्मनीमा गएर एसाइलमका लागि आवेदन दिएका थिए ।

तर आवेदन अस्वीकृत भएको थियो । बिभ्सीका १८ बर्षका दाजुलाई भने जर्मनी छाड्न बाध्य पारिएको छैन । तर बिभ्सीका दाजुलाई किन जर्मनीमा नै बस्न दिइयो भन्नेबारे स्पष्ट छैन । कक्षा कोठाबाटै संघीय अधिकारीहरुले बिभ्सीलाई पक्राउ गर्दा उनका सहपाठीहरु पनि त्रसित भएका थिए ।

सबैजना विद्यार्थीहरुमाझ रुवावासी नै चलेको थियो । बिभ्सीका एकजना साथी बेहोस भएर ढलेपनि अस्पताल नै लग्नुपरेको थियो । देशनिकाला भइसकेपछि पनि बिभ्सीले उनका साथीहरुलाई आफू सकुशल रहेको र कुनै चिन्ता नलिन भन्दै मेसेज पठाएकी थिइन् ।

बिभ्सीलाई पक्राउ गरेको हेरेर स्तब्ध उनका साथीहरु ।
बिभ्सीको पक्राउबिरुद्ध उनका साथीहरुले तयार पारेको पोष्टर ।
बिभ्सीको कक्षा कोठामा रहेको खाली सिट ।
विभ्सीले आफू सकुशल रहेको भन्दै साथीहरुलाई सन्देश पठाएकी थिइन्
यही विद्यालयमा पढ्दै थिइन् विभ्सी ।
जर्मन कानुन अनुसार कुनै पनि व्यक्तिलाई डिपोर्ट गर्नु अघि पूर्व सूचना दिइँदैन ।

तस्विर : डेलीमेल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com