ओबामाले किने डिसीमा बस्दै आएको भाडाको घर (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले वासिंटन डिसीमा आफू बस्दै आएको भाडाको घर किनेका छन् । भाडामा लिएको चारमहिनामै ओबामा दम्पत्तिलाई उक्त घर निकै मन परेपछि ८ दशमलव १ मिलियनमा घर किनेका हुन् । ओबामाका प्रवक्ता केभिन लेविसले घर किनेको पुष्टी गरेका हुन् ।

ओबामा दम्पत्ति कम्तीमा साढे २ बर्ष वासिंटन डिसीमा नै बस्नुपर्ने भएकाले भाडा तिरिरनुभन्दा किन्नु उपयुक्त भएकाले घर किनिएको उनले जनाएका छन् । कान्छी छोरी सासाको पढाई नसकिदासम्म डिसीमा नै बस्ने ओबामाले बताएका थिए । तर घरका लागि ओबामा दम्पत्तिले धेरै रकम तिरेका छन् । किनभने नौ बेडरुम भएको र साढे ८ बाथरुम रहेको यो घर रियल स्टेटको वेवसाइटमा जम्मा ६ दशमलव १८७ मिलियनमा बेच्न राखिएको थियो तर ओबामा दम्पत्तिले झण्डै २ मिलियन डलर धेरै तिरेका छन् ।

ओबामा बसेको कालोरामा क्षेत्रमा सम्पत्तिको भाउ भने केही समय यता ह्वात्तै बढेको छ । किनभने त्यसक्षेत्रमा केही हाइप्रोफाइलहरु बस्न थालेका छन् । इभान्का ट्रम्प र जारेड कुशनेर पनि ओबामाको घर भन्दा एक ब्लक नजिकै बस्न थालेका छन् भने विदेशमन्त्री रेक्स टिलरसन पनि त्यही क्षेत्रमा बस्छन् ।

रेक्सले गत फरबरीमा ५ दशमलव ६ मिलियनमा त्यहाँ घर किनेका थिए । अमेजनका संस्थापक र वासिंटन पोष्टका प्रमुख जेफ बेजोजले पनि नजिकै २३ मिलियनमा घर किनेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com