बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने देउवाको दावी


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति भए राष्ट्रिय सहमतिको नभए  बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ ।

राष्ट्रिय सहमतिय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व भएका दलहरुको सर्वदलिय बैठक आव्हान गर्नुभएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि बैठक ठोस निष्कर्ष आएन ।

राष्ट्रिय सहमतिय सरकार गठनमा सहमति जुटाउने प्रयासमा भएको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित भएपछि उद्देश्य अनुरुप बैठकले ठोष निर्णय गर्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो । सभापति देउवालाई एमाले अध्यक्ष केपी ओलीसंग व्यक्तिगत रुपमा भेटेर भएपनि सहमतिमा ल्याउने प्रयास गर्न भनेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

संसद भवनमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित भएनन् । बैठकमा सहभागी राजपाका तर्फबाट बैठकमा सहभागी नेता लक्षमणलाल कर्णले आफुहरुका माग अहिले पनि संम्बोधन नभएको भन्दै वर्तमान सरकारले उधारो राखेको माग पुरा भए जसको नेतृत्वको सरकार बनेपनि स्वीकार गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि आव्हान भएकाले त्यसका लागि सहमति जुटाउन सर्वदलिय बैठक आव्हान गरिएको बताउनुभयो । उहाले बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेक अन्य सबै दलका प्रतिनिधि उपस्थित रहेको र सहमतिय सरकार गठनमा उनीहरुले सकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले जेठ १० गते राजिनामा दिनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com