गुफाबाट निस्केर सूर्यदर्शन ! (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ १३, २०७४ शनिबार

नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ। जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

यसको सुरुको अवधीमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरि राखिन्छ । पहिलो छ दिनसम्म नुन नखुवाई बन्द कोठामा राख्ने र कोही पनि पुरुषमान्छेलाई भेट गर्न दिइदैन । गुफा बसेको बालिकाले आफूले केही कुरा खानु भन्दा पहिले बाह्रा ख्यालाई चढाउनु पर्ने हुन्छ । छ दिन पछि नुहाइधुवाइ गरेर सफा कपडा लगाइन्छ त्यसपछि आफन्तहरु जस्तै माइजूहरु, फूपूहरु, काकीहरु तथा छरछिमेकीहरु फलफूल, मकैभटमास तथा अन्य खानेकुराहरु लिएर भेट्न आउन्छन् ।

गुफा राखेको अवसरमा विशेषप्रकारको “कों” (पाउडर) सबै महिलाहरुले आफनो मुहार सुन्दर र सफा बनाउन प्रयोग गर्ने गर्दछन् । १२ औं दिनमा गुफा बस्ने बालिकालाई विशेष श्रृङ्गार गरि विहानी घाममा घरका महिलाहरु मिलेर बाहिर निकाल्ने गरिन्छ । विशेष पुजाआजा गराइन्छ । यसै दिनमा बनाएको जुरोलाई तिन दिन पछि मात्र फुकाइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com