९९ प्रतिशत मिल्यो एबीसीको चुनावी अनुमान


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

नेपालको एबीसी टेलिभिजनले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सन्दर्भमा तयार पारेको एक्जिट पोल ९९ प्रतिशत मिलेको छ ।

एबीसी टेलिभिजनले तयार पारेको एक्जिट पोलले माओवादी केन्द्रले ४८ स्थानमा विजय हासिल गर्ने अनुमान गरेको थियो । वास्तविक परिणाम आइपुग्दा माओवादी केन्द्रले ४६ स्थानमा विजय हासिल गरेको छ ।

त्यस्तै काँग्रेसले १ सय ६ स्थानमा विजय हासिल हुने एबीसी टेलिभिजनले अनुमान गरेको थियो तर काँग्रेसले १०४ स्थानमा विजय हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ ।

त्यस्तै एबीसीले २३ स्थानमा तीब्र प्रतिस्पर्धा हुने अनुमान गरेको थियो । ती स्थानमा एमालेले बाजीमार्दै एबीसीले अनुमान गरेको १०० र तीब्र प्रतिस्पर्धा हुने अनुमान गरिएको २३ स्थानमा बाजी मार्दै १२३ स्थानमा विजय हासिल गरिसकेको छ भने १ स्थानमा अग्रता कायम गरेको छ ।

नयाँ शक्तिले एकस्थानमा मात्र विजय हासिल गर्ने एबीसीको अनुमान ठ्याक्कै मिलेको छ ।

अरु बाँकी दलले ५ स्थानमा विजय हासिल गर्ने एबीसीले अनुमान गरेको थियो तर अन्य दलले ६ स्थानमा विजय हासिल गरेका छन् ।

एक्जिट पोल कसरी तयार पारियो ? विशेष विश्लेषण यहाँ हेर्नुहोला । एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल, समाचार प्रमुख सुरेश आचार्य, राजनीतिज्ञ रमेशनाथ पाण्डे, संचारकर्मी प्रतिक प्रधानसँग किशोर पन्थीको कुराकानी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com