एमालेको मानबहादुर जिसी पोखरा महानगरको मेयरमा विजयी


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् ।

यससंगै महानगरमा एमाले खाता खोलेको छ । जिसीले कांग्रेसका उम्मेदवार रामजी कु“वरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे ।

जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो । उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् ।

उनले कांग्रेस उम्मेदवार सरस्वती कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् । मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com