सुरु भयो किराँत समुदायको उभौली


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ । किराँत हरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

उभौली साकेला चाडमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् । कालो कोट, दौरा-सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।

 

प्रत्येक वर्ष चण्डिपूर्णि देखि यी जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी चण्डी नाच नार्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात चण्डिपूर्णीमामा  र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।

फलामे रेटि रेटौला, नमरी बाँचे भेटौंला सोई सोइला होई सोई सोइला । यो नाच परापूर्व कालमै प्रारम्भ भएको हो । किराँत-राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् । किराँत-राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।

दिन लामो हुन थालेको दिन अर्थात् पूणिर्मा देखि यो चाड सुरू हुन्छ । खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ । बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ। हात-खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव-जनावरको नक्कल गरी ढोल-झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला साकेन्वा हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com