नयाँ मेयरले चिटिक्क बनाउलान् धुलोमाण्डु ?
प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार
काठमाडौंको सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुनेगर्छ । त्यसैले काठमाडौंलाई अचेल धुलोमाण्डु र हिलोमाण्डु पनि भन्ने गरिन्छ । अझ खाल्डाखुल्डी र बिग्रेको सडकको त कुरै नगरौं । यो तस्विर चाबहिल आसपासको हो । र यस्तो अवस्था काठमाडौंका चालिसप्रतिशत सडकको छ । सडकको विजोग अवस्थाका कारण पर्यटकहरुपनि विकर्षित हुने गरेका छन् । आशा गरौं, नयाँ मेयरसँगै काठमाडौंले धुलो रहित चिल्लो र सफा सडक पनि पाउनेछ ।
तस्विर : दीपेन्द्र ढुंगाना