प्रहरीलाई भाला रोपेर र एम्बुलेन्सबाट बालक थुतेर हत्या गर्नेका मुद्दा फिर्ता !


प्रकाशित मिति : जेष्ठ ५, २०७४ शुक्रबार

निर्वाचान आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत सरकारले थरुहट र मधेस आन्दोलनको क्रममा जघन्य अपराधमा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको खबर आजको नागरिकमा छ ।

सरकारले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपीसहित ८ प्रहरीलाई खुकुरी र भाला रोपेर हत्या गरेको घटना र त्यसको केहि दिनपछि महोत्तरीमा बालकलाई एम्बुलेन्सबाट थुतेर निर्ममतापूर्वक हत्या गर्ने घटनाका आरोपितविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

परीक्षा दिएर फर्कदै गरेका प्रहरीको समेत निर्ममतापूर्वक हत्या गर्नेलगायत अन्य हिंसात्मक घटनामा संलग्न व्यक्तिमाथि चलेको मुद्दा पनि फिर्ता लिने निर्णय सरकारले गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com