अमेरिकामा हुने भयो दोश्रो नेपाली फेशन शो, भाग लिने होइन त ?


प्रकाशित मिति : जेष्ठ ४, २०७४ बिहीबार

आगामी जुलाई २ मा दोश्रो नेपलिज अमेरिकन कन्भेन्सन फेशन शो डलास टेक्सासमा हुने भएको छ । फेशन शोका लागि आवेदन आब्हान गरिसकिएको छ ।

फेशन शोमा १८ देखि २९ बर्षका युवतीहरुले भागलिनसक्ने आयोजनले जनाएका छन् । तर फेशन शोमा भाग लिनका लागि भने हाल अमेरिकामा बस्दै आएका नेपाली मुलका हुनुपर्नेछ ।

डलास टेक्सासको फोर प्वाइन्ट शेराटन होटलमा हुने फेशन शोमा अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

गतबर्ष १७ जना युवतीहरुले फेशन शोका लागि आवेदन दिएपनि फेशन शोका लागि ९ जना युवतीहरु छनौट भएका थिए । उनीहरु फेशन डिजाइनर विना घलेको डिजाइनमा र्याम्पमा उत्रिएका थिए भने प्रियंका कार्कीले उनीहरुलाई तालिम दिएकी थिइन् ।

फेशन शोमा भाग लिन चाहनेहरुले मे २५ सम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि ५० अमेरिकी डलर शुल्क तोकिएको छ जुन फिर्ता हुने छैन । विवाहित र अविवाहित दुबैले भागलिन पाउने भएपनि आवेदकको उचाई भने कम्तीमा ५ दशमलव २ फिट हुनु अनिवार्य छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com