फ्रान्समा राष्ट्रपतीय चुनाव


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

फ्रान्समा सम्पन्न राष्ट्रपतीय चुनावको पहिलो चरणमा मध्यपन्थी इम्यानुएल म्याकरोन र नेसनल फ्रन्टकी मारिन ल पेन अगाडि देखिएका छन् ।

म्याकरोन पहिलो नम्बरमा र पेन दोस्रो स्थानमा रहेको बीबीसीले जनाएको छ ।

पहिलो र दोस्रो स्थानमा रहेका म्याकरोन र पेनबीच आगामी मे ७ तारिखका दिन दोस्रो चरणको मतदान हुनेछ ।
पहिलो चरणको मतदानमा म्याकरोनले २३ दशमलव ७ प्रतिशत र पेनले २१ दशमलव ७ प्रतिशत मत पाएको बताइएको छ ।
राष्ट्रपतीय निर्वाचनका लागि पहिलो चरणमा ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
अधिकांश उम्मेदवारले युरोप, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानबारे नयाँ दृष्टिकोण पेस गरेका थिए ।
अलोकप्रियताका कारण वर्तमान राष्ट्रपति फ्रान्वा“ होलान्दले भने उम्मेदवारी दिएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com