डिआइजी नवराज सिलवाल छानविन समितिको नियन्त्रणमा


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

डिआइजी नवराज सिलवाललाई छानविन समितिको टोलीले नियन्त्रणमा लिएको छ ।

उनले आइजिपी वढुवा गर्दा अन्यायमा परेको भनी अदालतमा पेस गरेको कागजपत्र किर्ते गरेको भन्दै डिआइजी विजय भट्टको टोलीले केहिबेर अघि पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

गत विहिबार बसेको मन्त्रिपरिषदको बैठकले बढुवा सम्वन्धी कागजपत्र अदालतमा पेस गर्दा उनले किर्ते गरेको भन्दै भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उनले कुनै पनि प्रकारको धरपकड नगर्न टोलीसँग आग्रह गरेका थिए ।

सिलवाल वरिष्ठ अधिवक्ता शम्भु थापालाई लिएर अदालत जाने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले भन्यो, ‘उहाँलाई प्रहरी प्रधान कार्यालय आउन’ भन्दा गाडी छैन भनेपछि लिनका लागि गाडी पठाएका हौ। पक्राउ गरिएको होइन।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com