न्युयोर्कको क्वीन्स लाइब्रेरीमा नेपाली कानुनव्यवसायीसँग कानुनका कुरा


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

न्युयोर्कको क्वीन्स लाइब्रेरीमा अमेरिकी राष्ट्रपतिका कार्यकारी आदेश र यसले आप्रवासीहरुको अध्यागमन हैसियतमा पार्ने प्रभावबारे अन्तरकृया कार्यक्रम हुने भएको छ । कार्यक्रममा न्युयोर्कका दुईजना कानुन व्यवसायीहरु रमेश श्रेष्ठ र विनोद रोकाले कार्यकारी आदेश लगायत अमेरिकी अध्यागमन कानुनी अपेडेटबारे जानकारी दिनुहुने भएको छ ।

सम्प्रेषण इन्कले आयोजना गर्ने कार्यक्रममा डाका र टीपीएस लगायतका विषयमा पनि छलफल हुने कार्यक्रम संचालक शैलेश श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम अप्रिल २९ शनिवार २ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रम ३५५१ ८१ स्ट्रीट ज्याक्सन हाइटमा रहेको क्वीन्स लाइब्रेरीमा हुनेछ । अमेरिकाको पछिल्लो अध्यागमन कानुन र अबस्थाबारे बुझ्न चाहनेहरु कार्यक्रममा सहभागी हुनसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com