नेपाली हस्तकलाको अन्तराष्टिय बजारीकरणका लागि विशेष योजना..


प्रकाशित मिति : बैशाख १०, २०७४ आईतबार

एभरेष्ट क्राफ्टस एवं नेपाली हस्तकला व्वावसायीहरुको आयोजनामा इटालीको राजधानी रोममा नेपाली हस्तकला र यसको बजारीकरण विषयक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव श्री शान्त बहादुर श्रेष्ठले नेपाली हस्तकलाको अन्तराष्टिय बजारीकरणका लागि विशेष योजनाका साथ कार्यक्रम तय गरी नेपाल सरकारको तर्फबाट पुर्ण सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा गैर आवासिय नेपाली महासंघका संस्थापक अध्यक्ष श्री जिवा लामिछाने, इटालीका लागि नेपाल सरकारका अवैतविक कन्सुलर पाउलो निगुरी साथै नेपाल इटाली चेम्बर अफ कमर्शका तर्फबाट भरत तामाङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट शिव रिजालको अध्यक्ष्तामा ९ सदस्यिय अन्तराष्टिय हस्तकला महासंघको गठन गरिएको छ ।
जसको उपाध्यक्षमा शम्भु गौतम, महा सचिवमा उत्सव घिमिरे,सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा सिताराम त्रीपाठी साथै सदस्यहरुमा विशाल तामाङ, संजय शाह, भरत तामाङ, हरिश चन्द्र लामा निर्वाचित भएको उपाध्यक्ष शम्भु गौतमले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com