एमाले भन्छ-बजेटपछिको निर्वाचन खारेज गर्छौं


प्रकाशित मिति : बैशाख १०, २०७४ आईतबार

दोस्रो चरणको स्थानीय चुनाव गर्ने सरकार र मोर्चाबीचको सहमतिलाई प्रतिपक्षी दल एमालेले खारेज गर्ने चेतावनी दिएको जनाईएको छ ।
एमालेले शनिबार मोचा र सरकारबीच सहमतिबारे अनविज्ञता प्रकट गरेको छ । एमालेले बजेटपछि चुनाव गराउने कुरा संविधान, निर्वाचन आचारसंहिता र परम्परा तथा पद्दति कतैबाट पनि स्वीकार्य नहुने बताएको जनाईको हो ।
एमाले महासचिव ईश्वर पोखरेलका अनुसार समाचार सुनेका आधारमा प्रतिक्रिया दिन नसकिने भन्दै बजेटपछि चुनाव गराउने कुरा एमालेले सिधै खारेज गर्ने बताएका हुन् ।
बालुवाटारमा शनिबार भएको समझदारीलाई ‘कथित सहमति’को संज्ञा दिँदै महासचिव पोखरेलले सरकार अनुत्तरदायी र गैरजिम्मेवारपूर्ण ढंगले तमासा देखाउन उद्यत रहेको आरोप पनि लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com