नदियाको “बन्द कोठा भित्रको चित्कार” (भिडियो)


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

न्युयोर्क शहरमा पछिल्लो समय साहित्यिक गतिविधि निकै नै बढिरहेको छ । यसैबेला, कलाकार नदिया लिबाङले “बन्द कोठा भित्रको चित्कार” शीर्षकको कविताको भिडियो सार्वजनिक गरेकी छिन् ।

सधैं पत्रिका र किताबको पानामा मात्र पढिने कवितालाई कलाकार लिबाङले आफैले भिडियो मार्फत वाचन गरेकी हुन् ।

लिबाङ भन्छिन् , “यो कविता एउटी नारीको चित्कार मात्र होईन, ती सबै नारीहरुको सामुहिक चित्कार हो, जो आफ्नै मान्छेबाट बेचिएर बाध्यतामा कोठिमा नारकिय जीवन बिताईरहेका छन् ।” कवितामा कोठिमा बेचिएकी एक महिलाको वेदना पोखिएको छ ।

गत वर्ष न्युयोर्कको अफ ब्रड वे थियटरमा मंचन गरिएको नाटक “जोडियोस् भत्किएका मनहरु की प्रमुख कलाकार लिबाङ पछिल्लो समय न्युयोर्कको साहित्यिक गतिविधिमा सक्रिय छिन् ।

आफ्ना पति विश्व थापाको साथका कारण पछिल्लो समय आफु साहित्यिक क्षेत्रमा सक्रिय रुपमा लागि पर्न सहज भएको उनले जनाइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com