पार्टी एकताका लागि बाबुराम र उपेन्द्र सहमत


प्रकाशित मिति : बैशाख ८, २०७४ शुक्रबार

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका छन् ।

दुई पार्टीका प्रमुख डा.भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई पनि रहेका छन् ।

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको जनाईएको हो ।

वक्तव्यमा समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ जनाईएको छ ।

सरकारलाई संघीय गठबन्धन, मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन आग्रह समेत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com