मोर्चालाई निर्वाचनमा ल्याउन प्रयास


प्रकाशित मिति : बैशाख ८, २०७४ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वार्तामा मधेसी मोर्चालाई बोलाएका थिए । आन्दोलनको तयारीमा रहेको मधेसी मोर्चालाई चुनावमा ल्याउने अन्तिम प्रयास सुरु भएको जनाईएको हो । मोर्चाका नेताहरुले आज दिनभरमा कुनै सहमति नभए भोलि मधेस झर्ने बताएका छन ।
कांग्रेस शीर्ष नेताहरु समेत सहभागी भएको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुसामू सरकारले ल्याएको संविधान संशोधन विधेयक र स्थानीय चुनावबारे धारणको बारेमा सोधेका थिए ।

संशोधन विधेयकमा आफूहरुको चित्त नबुझेको भन्दै मोर्चाका नेताहरुले परिमार्जनको माग गरे । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बटमलाइन भएको बताएका जनाईएको हो ।
‘माओवादी नेता बर्ष पुनले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने, मोर्चा निर्वाचनमा आउने र त्यसका लागि सरकारले यी दुबै कामलाई सँगसँगै अघि बढाउने प्रस्ताव राखिएको र त्यसमा मोर्चा सकारात्मक देखिएको बताए ।
मधेसी मोर्चाका नेताहरुले भोलि राजधानी छाड्ने भएपछि आज लगातार बैठक राखिएको छ ।
मधेसी मोर्चाले माग गरेको परिमार्जनबारे धारणा बनाउन दिउँसो ३ बजे सत्तारुढ दलहरुको बैठक राखिएको जनाईएको छ । मधेसी मोर्चाका नेताहरुलाई ५ बजे फेरि बोलाइएको जनाईएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com