नेपालमै बसेर अमेरिकाको ग्रिनकार्ड फाइल गर्ने तरिकाबारे काठमाडौंमा कार्यक्रम, योग्य व्यक्तिले फाइदा लिनसक्ने


प्रकाशित मिति : भाद्र २, २०७३ बिहीबार

अमेरिकी ग्रिनकार्ड, आप्रवासी भिसा, कामदार भिसा लगायत अमेरिकी कानुनका बारेमा जानकारी दिन अमेरिकाका चर्चित युवा कानुन व्यवसायी बासु फुलारा काठमाडौंमा जानुहुने भएको छ । अक्टोबर १ देखि ७ सम्म काठमाडौंमा सप्ताहब्यापीरुपमा उहाँले यसबारेमा कानुनी जानकारीहरु प्रदान गर्नुहुनेछ ।

अमेरिकी भिसाका सन्दर्भमा धेरै नेपालीहरु दलाल र कन्सल्टेन्सीहरुबाट ठगिएको सन्दर्भमा फुलाराले प्रदान गर्नुहुने जानकारीले सरोकारवालाहरु ठगिनबाट बच्ने र अमेरिकामा आउनका लागि सही उपाय अबलम्बन गर्ने अपेक्षा गरिएको छ ।

फुलाराले नेपालमै बसेर अमेरिकाको ग्रिनकार्ड कसरी आवेदन दिने, अमेरिकी ग्रिनकार्ड वा नागरिकता भएकाहरुले उनीहरुका परिवारलाई अमेरिकामा कसरी झिकाउने, अमेरिकामा कम्पनी खोल्न र कम्पनीमा काम गर्न चाहनेहरुले अपनाउन सक्ने प्रकृया लगायत आप्रवासी भिसा र ग्रिनकार्डका सन्दर्भमा कानुनी जानकारी प्रदान गर्नुहुनेछ । तर एसाइलमको सन्दर्भमा भने कुनै परामर्श नगरिने फुलाराले जनाउनुभएको छ ।

व्यक्तिगत र सामुहिक रुपमा भेटेर यी लगायत अमेरिकी अध्यागमन कानुनसँग सरोकार राख्ने विषयमा जानकारी लिन सकिनेछ । यदि तपाई पनि अक्टोबर १ देखि ७ सम्म काठमाडौंमा न्युयोर्कका कानुन व्यवसायी बासु फुलारालाई व्यक्तिगत रुपमा वा सामुहिक रुपमा भेटेर यसबारे परामर्श लिन चाहनुहुन्छ भने तलको फर्म भर्नुहोला ।

फर्म नखुलेमा यो लिंकमा क्लिक गरेर सहभागिता कन्फर्म गर्न सक्नुहुनेछ । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com