अमेरिकाले मे १ देखि ग्रिनकार्ड फेर्ने, यस्तो हुनेभयो नयाँ कार्ड


प्रकाशित मिति : बैशाख ७, २०७४ बिहीबार

अमेरिकाले आगामी मे १ देखि लागुहुने गरी नयाँ डिजाइनको ग्रिनकार्ड जारी गर्ने भएको छ । ग्रिनकार्डका साथमा वर्क परमिट पनि नयाँ डिजाइनको हुनेछ । नेक्स्ट जेनेरेशन सेक्युअर आइडेन्टिफिकेशन डकुमेन्ट प्रोजेक्ट अन्तरगत ग्रिनकार्ड र वर्क परमिटको रिडिजाइन गरिने युएससीआईएसले जनाएको छ ।

नयाँ कार्डमा ग्राफिक्स समुन्नत बनाइने छ भने फ्रडबाट बचाउने केही नयाँ विशेषताहरु थपिने छ । कागजपत्रको दुरुपयोग र धोकाधडीबाट बचाउने विशेषताहरु थपिएको कार्ड आकर्षक समेत हुनेछ ।

नयाँ जारी गरिने ग्रिनकार्ड र वर्क परमिटमा दुबैतर्फ फोटो हुनेछ । ग्रिनकार्डको पृष्ठभूमीमा स्ट्याचु अफ लिबर्टी र निलो रंग हुनेछ भने वर्क परमिटमा चिल र रातो रंग हुनेछ । नयाँ कार्डमा होलोग्राफिक चित्रलाई इम्बेड गरिएको हुनेछ भने कार्डमा कार्डवाहक व्यक्तिको हस्ताक्षर राखिने छैन । त्यस्तै ग्रिनकार्डमा पनि पछाडिपट्टी अप्टिकल स्ट्राइप राखिनेछैन ।

मे १ देखि पनि युएससीआईएसले नयाँसँगै बचेका पूराना डिजाइनका कार्डहरु जारी गर्नसक्नेछ । तर कार्डमा तोकिएको म्यादका आधारमा कार्डको म्याद जाँच्न सकिनेछ । नयाँ डिजाइनसहितको ग्रिनकार्ड हराएमा वा चोरी भएमा पनि दुरुपयोग हुनसक्ने सम्भावना कम भएको युएससीआईएसले जनाएको छ ।

अवधि तोकिएको पूरानो ग्रिनकार्डपनि काम लाग्ने भएतापनि अवधि नतोकिएका ग्रिनकार्डको सन्दर्भमा भने अवधि सहितका नयाँ ग्रिनकार्डका लागि आवेदन दिन युएससीआईएसले सुझाव दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com