प्रचण्डलाई काठमाडौंमा मेयर हुने रहर


प्रकाशित मिति : बैशाख ५, २०७४ मंगलबार

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरेका छन् ।
मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव समेत गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले ‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेको होइन, स्थानीय सरकारको पहिलो चुनाव हो ।
वडा अध्यक्ष जित्ने हो भने पोलिटब्यूरो सदस्यहरु गए हुन्छ उनले भने स्थानीय समितिका सदस्यहरु पनि गाउँपालिका प्रमुख जित्दा केही फरक पर्दैन ।’
आफ्नो सरकारले उज्यालो नेपालको नारा स्थापित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौंको जनमत माओवादीसँग रहनु पर्ने बताएका छन् । स्थानीय सरकारको महत्व दर्साउने क्रममा उनले काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको समेत सुनाए ।
‘काठमाडौं महानगरपालिकामा त मै उठौं उठौं जस्तो लागिरहेको छ, त्यति धेरै महत्व यसको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com