नेपालीबाट संचालित तेक्वान्दो स्कुलबाट अमेरिकामा राष्ट्रिय प्रतियोगिता खेल्दै खेलाडी


प्रकाशित मिति : चैत्र २९, २०७३ मंगलबार

-विजय थापा

मिचिगन राज्य स्तरिय तेक्वान्दो प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताका विभिन्न स्पर्धामा १६ स्वर्ण ,पाँच रजत तथा चार कास्य पदक जितेका छन् ।

उनीहरु जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिनेछन् ।

सन् २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ७५ जना जति खेलाडीलाई स्कुलका संचालक एवं प्रमुख प्रशिक्षक लभप्रसाद लगायत अन्य दुई प्रशिक्षकले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

खेलाडीहरूको प्रदर्शनमा सन्तोष व्यक्त गर्दै सचालक एवं मुख्य प्रशिक्षक गोर्खालीले राष्ट्रिय प्रतियोगिताका लागि आफूहरूले अझ मिहिनेत गर्ने बताए ।

‘छनोट खेलका रुपमा रहेको मिचिगन राज्य स्तरिय प्रतियोगितामा खेलाडीहरूले प्राप्त गरेको सफलतामा हामी स्वाभाविक रुपमा खुसी छौँ । तर यो उपलब्धिले राष्ट्रिय प्रतियोगितामा सफलता हसिल गर्ने चुनौति थपि दिएको छ र त्यसका लागि हामी तयार छौँ ।’ गोर्खालीले भने ।

उक्त प्रतियोगितामा दुई नेपाली खेलाडी विप्लव खरेल र अनमोल गोर्खाली पनि छनोट भएका छन् । प्रशिक्षकको जिम्मेवारी अमूल गोर्खालीले निर्वाह गरेको स्कुलले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com