इजिप्ट : चर्चमा भएको बिष्फोटमा २५ को मृत्यु


प्रकाशित मिति : चैत्र २७, २०७३ आईतबार

उत्तरी इजिप्टको एउटा चर्चमा भएको बिष्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बिष्फोटमा अरु ६० जना घाइते भएका छन् ।

चर्चभित्र मुख्य प्राथनाहलमा सिटमुनी राखिएको शक्तिशाली बम बिष्फोट भएको हो । बिष्फोटको जिम्मेबारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

समाचार फुटेजहरुमा मान्छेहरु चर्चभित्र भेलाभएर प्राथना गरिरहेको र लगत्तै बिष्फोटपछि मान्छेहरुले रुवावासी गरिरहेको देखाइएको छ ।

चर्चभित्र सबैचीज ध्वस्त भएको छ भने पिलरहरुमा रगत पोतिएको छ । इष्टरभन्दा अगाडिको पाल्म सन्डेमा आक्रमण भएको हो । आइतवारको आक्रमणबाट विश्वभरका धार्मिक नेताहरु आक्रोशित भएका छन् ।

तस्विरमा : बम आक्रमणमा परेकाहरुका आफन्तहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com