अमेरिकी दूतावासले भिसा आवेदकका सामाजिक सञ्जाल जाँच्ने


प्रकाशित मिति : चैत्र १२, २०७३ शनिबार

अमेरिकी विदेश मन्त्रालयले भिसा जारी गर्नु अगाडि जाँच कडा पार्न विश्वभर रहेका दूतावासहरुका लागि विशेष निर्देशिका जारी गरेको छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले दूतावासहरुका नाममा छुट्टाछुट्टै चारवटा आन्तरिक निर्देशनहरु जारी गर्दै निश्चित समुहहरुको पहिचान गरेर भिसाका लागि आवेदन दिएको खण्डमा जाँचबुझ कडा पार्न साथै उनीहरुका सामाजिक सञ्जालहरु समेत जाँच्न निर्देशन दिएका छन् ।

अमेरिकी विदेशमन्त्रालयले जारी गरेका सबै निर्देशनहरुलाई संवेदनशिल भनिएपनि अति गोप्य भने भनिएको छैन । पहिलो दुईवटा निर्देशनहरु मार्च १० र १५ मा पठाइएको थियो भने बाँकी दुईवटा निर्देशनहरु मार्च १६ र १७ मा पठाइएको थियो । यसरी जारी गरिएको निर्देशनबारेको समाचार सबैभन्दा पहिले रोयटर्सले सार्वजनिक गरेको थियो ।

मार्च १५ मा जारी गरिएको विशेष निर्देशनमा भिसाका लागि आवेदन दिने व्यक्तिका सामाजिक सञ्जालहरु समेत परिक्षण गर्न विश्वभर रहेका दूतावासहरुलाई निर्देशन दिइएको छ । जस अन्तरगत कन्सुलर अधिकारीहरुले आवेदकले विगत पाँचबर्षमा प्रयोग गरेका सबै इमेल ठेगानाहरु र सामाजिक सञ्जालहरु माग्न सक्नेछन् ।

निर्देशिका अनुशार ६ वटा मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई अनिवार्य रुपमा थप प्रश्नहरु सोध्न र सामाजिक सञ्जाल जाँच गर्न कन्सुलर अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com