ठूलो परिमाणमा बिमानस्थलबाट अमेरिकी डलर बरामद


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

काठमाडौं  । प्रहरीले ठुलो परीणामा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर बरामद गरेको जनाईएको छ ।

२ लाख ८६ हजार अमेरिकी डलर चार जना भिक्षुणीहरुको साथबाट थाइ एयरबाट थाइल्याण्ड जान लागेका प्रहरीद्धारा बरामद भएको जनााईएको हो।

विमानस्थलका डीआइजी पंकज श्रेष्ठका अनुसार काठमाडौंबाट थाइल्याण्ड जान लागेका ४ जना भिक्षुणीहरुको झोलामा संकास्पद देखिएपछि चेक गर्दा डलर र २ लाख ६८ हजार भारतीय मुद्रा भेटिएको जनाईएको हो ।

‘डीआइजी श्रेष्ठका अनुसार नेपालबाट यति ठूलो परिमाणमा डलर लैजान पाइँदैन, कहाँबाट डलर ल्याए भन्ने अनुसन्धान भईरहेको जनाईएको हो ।
विद्यालय बनाउन संकलन गरेको डलर लैजान लागेको आरोपीले बताएको जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com