नयाँ शक्तिसहित २४ पार्टीको मोर्चाबन्दी !


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

काठमाडौं । व्यवस्थापिका संसद बाहिर रहेका दलहरुलाई चुनाव चिन्ह नदिने निर्वाचन आयोगको कदमप्रति नयाँ शक्ति पार्टी, नेपालसहति २४ वटा राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

नयाँ शक्तिको पार्टी केन्द्रीय कार्यालय बबरमहलमा विहिबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा लोकतन्त्रको मुल मर्म र मान्यतालाई उपहास गरेर दलहरुले ठहर गरेका छन् । संविधानको धारा २०७० र बहुदलिय व्यवस्थाको अन्तराष्ट्रिय मान्यता अुनसार आआफ्नो पहिचान (चुनाव चिन्ह) सहित विचार धारा, दर्शन र कार्यक्रम प्रचार प्रसार गर्ने र निर्वाचनमा भाग लिन पाउने नैशर्गिक र अविछिन्न अधिकार भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीका राष्ट्रिय मामिला संयन्त्रका संयोजक परशुराम तामाङले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचनको लागि अनुकुल वातावरण निर्माण गर्न नसकेको बताउनुभयो । उहाँले

भन्नुभयो,‘सरकारलाई दलहरुलाई निर्वाचनमा भाग लिन पाउने अधिकारबाट बञ्चित नगराउन र निर्वाचनको अनुकुल वातावरण निर्माण गर्न आग्रह गर्दछौँ ।’

उहाँले संसदबाहिरका दलहरुलाई निर्वाचनमा भाग लिन पाउने अधिकारबाट बञ्चित नगराउन पनि माग गर्नुभयो । सरकारले स्वतन्त्रतापूर्वक निष्पक्ष, धाँधलीरहित वातावरणमा सबै राजनीतिक दहरुलाई सहभागी गराउने वातावरण निर्माण गर्न पनि संयोजक तामाङले माग गर्नुभयो ।

नेता तामाङले सरकारले संविधानको धारा २०७० बर्खिलाप हुने गरी कानुन बनाएर राजनीतिक दलमाथि प्रतिवन्ध लगाउन खोजेको धारणा राख्नुभयो ।

उहाँले निर्वाचनबाट बाहिरिने हाम्रो कुनै मनशाय नभएको बरु उत्साहपुर्वक निर्वाचनमा सहभागी हुन चाहेको बताउनु भयो । सोही कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका संयोजक एवं पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले सरकारले लोकतान्त्रिक व्यव्यस्थाको उपहास गरेको बताउनुभयो । सरकारले संविधान विपरित राजनीतिक दलमाथि प्रतिवन्ध लगाउन खोजेको उहाँले बताउनुभयो ।

सरकार संविधान विपरित गएर समानुपातिक समाबेशीतामाथि लगायतका उपलब्धिलाई सिध्याउन लागि परेको आम आदमी पार्टीका संयोजक अशोककुमार यादवले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com