अब यी सामान अमेरिका लैजान नपाइने


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ ।

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा रोक लगाएको  छ ।  विद्रोही समूहले विद्युतीय उपकरणमार्फत विस्फोटक पदार्थहरु ओसारपसार गर्ने भएकोले उक्त प्रतिबन्ध लगाएको अमेरिकी प्रशासनले बताएको छ ।

प्रतिबन्ध लागेका विमानस्थलहरुमा कायरो, इस्तानबुल, कुवेत सिटी, दोहा, अम्मान, रियाद, जेदा, दुबाइ र अबुधावी छन् । यो प्रतिबन्धबाट ९ एयरलाइन्स प्रभावित हुनेछन् । ती विमानहरु मध्यपूर्वबाट अमेरिका सिधा उडान भर्ने गर्छन् । अमेरिकी एयरलाइन्स भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन् । आजको कान्तिपुरबाट छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com