सिभिल होम्सले सुविधा कटौती गरेपछि आवास क्षेत्रका बासिन्दा आक्रोशित


प्रकाशित मिति : चैत्र ८, २०७३ मंगलबार

काठमाडौं । पछिल्लो समय काठमाडौं आवासीय क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्दोछ । तर, आवासी क्षेत्र संचालकहरुको बदमासीका कारण आवासीय क्षेत्रमा बसोबास गर्नेहरु विभिन्न समस्या भोग्न बाध्य छन् । ललितपुरको सुनाकोठीमा सिभिल होम्स नामक आवासीय क्षेत्र छ । सिभिल होम्सको फेज–थ्री अन्तरगत बनेका घर किनेर बसोबास गरिरहेको वासिन्दाहरु विभिन्न समस्या भोग्न बाध्य छन् । होम्स संचालकको बदमासीका कारणा त्यहाका वासीन्दा पानी समेत पिउन नपाउने अवस्थामा पुगेका छन् ।

यो हो ललितपुरको सुनाकोठी स्थित सिभिल होल्स प्रालिले निमार्ण गरेका घरहरु हुन । यी घरहरु सिभिल होम्सले तेस्रो चरणमा निर्माण गरेका हुन । यस क्षेत्रमा १ सय ९६ बटा घर निमार्ण गरिएका छन् । यहा बनेका सबै घरहरु विभिन्न व्यक्तिहरुले खरीद गरेर बसोबास गरिरहेका छन् । तर, सिभिल होम्सले बनेका घरहरु बिक्रि गरिसकेको भए पनि कुनै न कनुै वहानामा त्यहाका वासिन्दालाई दुख दिने गरेको छ । सिभिल होम्स संचालकहरुको बदमासीका कारण अहिले यस क्षेत्रमा बसोबास गरिरहेका पानी पीउनबाट समेत बञ्चित भएका छन् ।

घर किन्ने बेलाको समयमा बिभिन्न सेवा सुबिधा दिने भन्दै घर किन्नका लागि उत्साहित बनाउने तर पैसा पाएपछि सबै सेवा सुबिधामाथि अंकुश लगाउने काम सिभिल होम्सका सञ्चालकले गरे पीडितहरुले आरोप लगाएका छन् । सभिल होम्सका सञ्चालकले आफनो घरमा आउने पानीको मुहाननै बन्द गर्ने, स्विमिङ पुल, गार्डन लयागतका विभिन्न क्षेत्रका सुविधान समेत कतौटि गरेको पीडितहरुले आरोप लगाएका छन् ।

सिभिल होम्सले सबै सेवा सुविधान कटौती गरेपछि आवास क्षेत्रका बासिन्दा आक्रोशित भएका छन । सिभिल होम्समा आफुहरुलाई अनामवश्यक दुख दिएको, भौतिक स्रोतको प्रयोगबाट बञ्चित गराएको भन्दै उनीहरु आक्रोसित भएका हुन । व्यवस्थापन पक्षले आवास क्षेत्र भित्र रहेका सामुदायिक भवनको प्रयोगमा समेत बन्देज गराएको छ । विगत दुई वर्षयता व्यवस्थापन पक्षले दुख दिएको भन्दै सिभिल होम्सका वासिन्दाले जिल्ला प्रसासन कार्यललय ललितपुरमा उजुरी दिए । पीडितहरुले प्रमुख  जिल्ला अधिकारी दिपक काफ्लेस“ग न्यायका लागि अनुरोध गरेका छन् । प्रजिअ काफ्लेले दैनिक जीवनमै बाधा पुग्ने गरी भएको घटनाप्रति निन्दा गर्दै प्रचलित कानुनअनुसार दोषाीमाथि कारवाही गर्ने आश्वासन दिए ।

अनेकौ सुविधाको प्रलोवन देखाएर घर विक्रि गरेको सिभिल होम्स यतिखेर आफ्नो जिम्मेवारीबाट पन्छिन जोजिरहेको छ । व्यवस्थापन पक्ष आफ्नो जिम्मेवारीबाट भाग्दा महंगो मुल्यमा यस क्षेत्रमा घर किनेर बसोबास गरिरहेका सर्वसाधारण समस्यामा परेका छन् । सिभिल होम्स प्रालिले पूर्व सहमति विपरित त्यस क्षेत्रका वासिन्दालाई सेवासुविधा उपलब्ध नगराउनु निन्दनीय छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com