प्रधानमन्त्रीको हतारमा भ्रमण, वार्ता कि औपचारिकता ?


प्रकाशित मिति : चैत्र ८, २०७३ मंगलबार

काठमाडौं  । आकस्मिक जस्तै लाग्नेगरी कूटनीतिक तथा राजनीतिक अस्थिरताका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्न एकहप्ते चीन भ्रमणमा निश्चित भएको छ । प्रधानमन्त्री चीन उड्ने केही घण्टासम्म पनि उनको चीन भ्रमण कस्तो हुने भन्ने अन्योल छ ।  नेपाल र चीन दुवै देशले भ्रमणको कार्यतालिका समेत सार्वजनिक गर्न सकेका छैनन ।

प्रधानमन्त्री  बोआओ एसियन फोरममा भाग लिन बिहीबार राती चीन जाँदै छन् ।  सरकारी अधिकारीहरुले प्रधानमन्त्री बोआओ फोरममा भाग लिएर बेइजिङ जाने तय भएको बाहेक केही बताउन सकेका छैनन ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच बेइजिंगमा औपचारिक भेट हुनेछ । दुुई नेताबीचको भेट करिब आधा घण्टा हुने तयारीसहित सबै काम अघि बढेको छ । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो दोस्रो चीन भ्रमण भए पनि सीसँगको दुईपक्षीय भेट भने यो तेस्रो हो ।
प्रधानमन्त्री प्रचण्ड चीन उड्रनुु केही केही घण्टा अघि चिनियाँ रक्षामन्त्री चाङ वाङयु काठमाडौं ओर्लने छन् ।

चिनिया रक्षामन्त्रीसंग काठमाडौमा भेट गरेर प्रधानमन्त्री त्यही दिन राति बोआओ फोरमका लागि गोन्जाओ उड्ने छन ।  उनी एक साता बोआओ, बेइजिङ, चेन्दु र ल्हासामा रहनेछन् ।  प्रचण्ड चीनमा रहंदा  चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग र विदेशमन्त्री वाङ दुवै जना न्युजिल्यान्डको भ्रमणमा रहने भएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको गृहकार्य अलपत्र देखिन्छ ।  भ्रमणका क्रममा वान बेल्ट वान रोडदेखि अन्य सम्झौता गर्ने विषयमा कुनै निश्चित भएको छैन ।  पुराना सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता र चीनको सहयोग घोषणामात्र यो भ्रमणमा हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री बिहीबार ग्वान्जाओ हुँदै हैनान पुग्ने छन् । उनले शुक्रबार बिहान चिनियाँ उपप्रधानमन्त्री चाङ काउलीसँग भेटवार्ता गर्नेछन् भने शनिबार बोआओ फोरमलाई सम्बोधन गर्नेछन् ।

सम्बोधन सकिएपछि उनी बेइजिङ प्रस्थान गर्नेछन् । बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ आयोजना गर्ने रात्रिभोजमा सहभागी भएर पुराना राजदूत, थिंकट्यांक, प्राध्यापक र नेपालीसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।  उनी चैत १३ गते दिउँसो बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा आयोजित गोष्ठीमा ‘नेपाल चीन सम्बन्ध ः विकास र समृद्धिको अभिलाषा’ विषयमा प्रवचन दिनेछन् ।

प्रधानमन्त्री चैत १४ गते अपराह्न बेइजिङबाट चेन्दु र  १५ गते ल्हासा जाने भएका छन् । । ल्हासाबाट प्रधानमन्त्री १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com