अार्इजीपी प्रकरण: आज पनि भएन फैसला !


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणबारे सर्वोच्च अदालतमा बहस सकिएको छ ।  फैसला आज पनि भएन । सर्वौच्च अदालतको फुल बेन्चले यो मुद्धामा बहस सकेपनि समय अभावका कारण फैसला मंगलवारमात्र सुनाइने बताइएको छ । आजको बहसमा प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको टोली सहभागि रहेको थियो । बहसको सुरुमा पहिला सरकारी वकिलले बहस गरेपछि डिआईजी नवराज सिलवाल र रिट निवेदक कपिलदेवका तर्फका विपक्षी वकिलले प्रतिउत्तर दिएका थिए ।

गत फागनु १ गते डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेपछि अर्का डिआइजी नवराज सिलवालले आफु बरिष्ठ भएको भन्दै रिट दिएका थिए भने वकिल कपिलदेवले पनि रिट दिएका थिए । यसैवीच चनद र सिलवालका व्याजका प्रकास अर्यालले पनि आज अर्को रिट हालेका छन् । सिलवालले आफु कार्यसम्पादन मुल्यांकनमा सिलवाल र चन्द भन्दा अघि रहेको रिटमा दावी गरेका छन् ।

आर्इजीपी नियुक्तिबारे परेको रिटमा सोमबार सरकार पक्षका वकिलहरुले बहस गरेका थिए। सरकार पक्षका वकिलहरुले बहस गरेपछि रिट निवेदक डिआईजी नवराज सिलवाल पक्षका कानुन व्यवसायीहरुले जवाफ दिएसँगै सम्पूर्ण कानुनी प्रक्रिया सकिएपनि सर्वोच्चले फैसला भने मंगलबारमात्रै सुनाउने भएको हो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com