अमेरिकी भिसा धेरैका लागि लम्बाचौडा र जटिल


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

विश्वचर्चित संचारमाध्यम न्युयोर्क टाइम्सले अमेरिकी भिसा कैयन देशका नागरिकका लागि धेरै लम्बाचौडा र जटिल भएको रिपोर्ट प्रकाशित गरेको छ । विश्वमा धेरैका लागि अमेरिकाको भ्रमण गर्नुको अर्थ महिनौं र बर्षसम्म लाग्ने आवेदन प्रकृयामा सहभागी गराउनु भएको जनाइएको छ । महिनौं र बर्षसम्मको आवेदन प्रकृयापछि पनि सामान्यतया आवेदकमध्ये अधिकांशको भिसा अस्वीकार हुने गरेको छ ।

अमेरिकी भिसाको प्रकृया

१ , अनलाइनमार्फत गैरआप्रवासी भिसाका लागि आवेदन पेश गर्ने ।

२ , तोकिएको बैंकमा गएर भिसा शुल्क तिर्ने र अन्तरवार्ताका लागि तयारी अवस्थामा राख्ने ।

३ , अमेरिकामा भिसा अवधिभन्दा धेरै नबस्ने कुराको सुनिश्चित गर्न र आफ्नो देशमा जीवन स्थीर रहेको देखाउन कागजातहरु जम्मा गर्ने । याद गर्नुहोस्, भिसा अधिकारीले आवेदकको कागजात नै नहेरिकन पनि भिसा अस्वीकार गर्न सक्छन् ।

कागजातहरु ः
– तपाईको परिचय दिने रोजगारदाताको पत्र ।
– अमेरिकाबाट निमन्त्रणापत्र ।
– पासपोर्ट
– बैंक स्टेटमेन्ट
– घरमा फर्कने कुराको सुनिश्चित गर्ने अन्य कागजात

नेपालीले पाएको अमेरिकी भिसाको दर जान्न यहाँ क्लिक गर्नुहोला 

४, भिसा अन्तरवार्ता : कतिपय देशमा भिसा अन्तरवार्ता आउन चारमहिनासम्म पनि लाग्ने गरेको छ । तोकिएको दिनमा आवेदकले अधिकारीसमक्ष अन्तरवार्ता दिनुपर्छ । अधिकारीले आवेदकको कागजात नै नहेरिकन पनि भिसा अस्वीकार गर्न सक्छन् । साथै अधिकारीले आवेदकको आवेदन थप पुनरावलोकनका लागि पनि पठाउन सक्छन् ।

५, आवेदकको सुचना अमेरिकाको तथ्यांकसँग भिडाइन्छ । यसरी भिडाउँदा अमेरिकाको विभिन्न विदेशी एजेन्सीका अधिकारीहरुले आवेदकको पृष्ठभूमी सन्दर्भमा अन्तरवार्ता समेत लिनसक्छन् ।

६, सबै कुराहरु ठीकठाक भएमा आवेदकका लागि भिसा जारी गरिन्छ ।

७, अमेरिकी विमास्थलमा रहेका अध्यागमन अधिकारीहरुले पर्दापछाडि चेकजाँचको थप प्रकृया अपनाउँछन् ।

८, भिसा लागेको व्यक्ति अमेरिका आइसकेपछि अध्यागमन अधिकारीहरुले आवेदकलाई प्रश्नहरु सोध्नुका साथै थप चेकजाँच गर्नसक्छन् ।

नेपालीले २०१६ मा पाएको अमेरिकी भिसाको विवरण यहाँ हेर्नुहोला

सबैभन्दा धेरै आवेदनहरु अस्वीकृत हुने देश

पलाउ : ९६ प्रतिशत
मिक्रोनेशिया : ८६ प्रतिशत
क्युबा : ७६ प्रतिशत
गाम्बिया : ७६ प्रतिशत
लाओस : ६७ प्रतिशत
गायना- बिसउ : ६५ प्रतिशत
सोमालिया : ६५ प्रतिशत
सिरिया : ६३ प्रतिशत
घाना : ६३ प्रतिशत
लाइबेरिया : ६२ प्रतिशत

श्रोत ः युएस डिपार्टमेन्ट अफ स्टेट
आवेदन अस्वीकृत देश अनुसार फरक फरक हुने गर्छ । साधारणतया आवेदन अस्वीकार हुनुको खास कारण खुलाइदैन । सन् २०१५ मा १३ वटा देशको भिसा अस्वीकृत दर ६० प्रतिशतभन्दा धेरै रहेको थियो । भिसा अस्वीकृत दर धेरैजसो अफ्रिकी र मध्यपूर्वकय देशहरुको रहेको छ ।

भिसा विना नै अमेरिका प्रवेश

विश्वका ३८ वटा देशका नागरिकहरुले पहिले नै भिसाका लागि माथिको प्रकृया अनपनाउनु पर्दैन । तर अमेरिकामा आउन विमान चढ्नु अगाडि नै उनीहरुले अमेरिकी सरकारलाई व्यक्तिगत विवरणहरु भने बुझाउनुपर्छ । भिसा वेभर कार्यक्रमका लागि योग्य भएका देशका नागरिकहरुले भिसाको लामो प्रकृया पूरा गर्नु पर्दैन । क्यानडा र बर्मुडाका नागरिकले पनि भिसाको लामो प्रकृया पूरा गर्नु पर्दैन । भिसा वेभर कार्यक्रममा युरोपका ३० वटा, एसिया र ओसियानाका ७ वटा र दक्षिण अमेरिकाको एउटा देश रहेको छ । उनीहरुले विमानस्थलमा नै ९० दिनसम्मको अमेरिकी भिसा प्राप्त गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com