निर्माणाधिन गौतमबुद्ध विमानस्थलको काम ठप्प


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

पुनहरि बेल्बासे/ भैरहवा ।  निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थलका कर्मचारीहरुको आन्दोलनका कारण गत चैत ३ गते देखि काम थप्प भएको छ ।  वि.सं. २०७१ माघ १ गते देखि शिलन्यास गरि सुरु गरिएको विमानस्थल नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट गु्रप कन्ट्रक्सन चाइनाले ६ अर्ब २२ करोडको लागतमा जिम्मा पाएको थियो ।

सो कम्पनीले अहिले नेपाली कामदार तथा कर्मचारीहरुलाई तीन महिना अगाडि देखिको हिसाब नदिँदा कर्मचारीहरुले आन्दोलन गरेका हुन् । देशैं सम्मको पूरा हिसाब नेपाली सप्लायर्स कम्पनीलाई दिएको चाइनिज कम्पनीले पछिल्लो समयमा आलटाल गर्ने गरेको छ ।

नेपाली सप्लार्य आफै जिम्मेवारी भएर माटो, बालुवा तथा गिट्टी ल्याउने गरेको र सबै बिल कम्पनीलाई दिँदा समेत ३ महिना अगाडि देखिको रकम भूक्तानी नदिएको र अहिले हामीले काम गर्दैनौ, हाम्रो हिसाब पूरा गर्नु प-यो भन्दा बेवास्ता गरेका कारण निर्माण कार्य पूर्ण रुपमा ठप्प पारेको सप्लायर्स कम्पनीका लेखा प्रमख प्रकश कंडेलले बताएका छन् ।  आफूहरुले काम गरेको ज्याला माग्दा समेत कम्पनीले पटक पटक आस्वासन मात्र दिने पैसा भूक्तानी नदिएपछि बाध्य भएर काम बन्द गर्नु परेको कर्मचारीहरु बताउँछन् ।

विगत ३ महिना देखि नेपाली सप्लायर्स कम्पनी आफै जिम्मेवार भएर उदारो काम गरि रहेको तर पैसा भुक्तानी नभएपछि अबका दिनमा आफूहरुले उदारो काम गर्न नसक्ने आन्दोलनरत कर्मचारीहरुले बताएका छन् । हामी काम गर्न सक्दैनौ, आज सम्मको भूक्तानी पाएमा काम छोड्छौं भन्दा चाइनिज कम्पनीले भुक्तानी नदिँदा समस्यामा परेका छौं ।

आन्दोलन सुरु भएपछि  नेपाली सप्लायर्स कम्पनी र चाइनिज कम्पनी बीच दैनिक ५ घण्टाका दरले छलफल भइरहेको र आइतबार साँझ सम्मा चाइनिज कम्पनीका भ्वाइस चिप नेपाल आउँदै भएकाले आन्दोलन धेरै दिन नलम्बिनीले विमानस्थल निर्माणका प्रोजेक्ट म्यानेजर ओम शर्मा बताए ।

निर्माण कार्यको शुरुवात गर्नासाथ देशमा गएको महाभुकम्प र त्यस पछिको तराई मधेश आन्दोलनले निर्माण कार्य पनि प्रभावित बन्यो । सन् २०१७ डिसेम्बर सम्ममा सम्पन्न गर्ने जिम्मा पाएको सो कम्पनीले अहिले सम्म करिब २८ प्रतिशत मात्रै काम भएको छ भने वित्तिय प्रगति करिब २४ प्रतिशत मात्र भएको छ । अहिले सम्म विमानस्थलमा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाइको कच्ची धावन मार्ग तयार भएको छ शर्मा भने ।

अन्तर्राष्ट्रिय ट्रमिनल भवनको अन्डरग्राउन्डको काम भइरहेको छ भने बाँकी काम शुरु गरिएको छैन । यो विमानस्थलमा अहिले सम्म भएका काम प्रगति पश्चिममा रहेको घाघरा नदीमा ड्राइभर्सन गर्ने काम भएको छ र कन्ट्रोल टावर तथा प्रशासक भवन, उद्धार तथा अग्नी नियन्त्रण भवन र विद्युत सबस्टेशनको काम चालु अवस्थामा रहेको छ ।

निर्माण समाग्री अभावका कारण ढिला भएको कामलाई मध्यनजर गर्दै अहिले तिनाउ नदीबाट नदीजन्य निर्माण सामाग्री विमानस्थल सम्म ल्याउने काम भइ रहेकोले कामले गति लिने शर्माले दाबी गरे ।  विगतका दिनमा तराई बन्द र नदीबाट कच्चा सामाग्री उठाउन नपाएकोले ढिला भएको भन्दै सन् २०१८ जुलाइ सम्मा सम्पन्न गर्ने अनुमति पाएको छ ।

सो कम्पनीले यतिबेला भने सामाग्री अभावले काम ढिला भएको भन्ने बहाना बन्न सक्दैन । तर दुई वर्ष बितिसक्दा समेत जम्मा एकचौथाइ काम सम्पन्न गरेको कम्पनीले जुलाई  २०१८ सम्ममा कसरी सम्पन्न गरि सक्छ भन्ने सर्वसाधारणको चासोको विषय बन्न पुगेको छ ।

फोटोः निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रि विमान स्थल । तस्वीर : पुनहरि बेल्बासे, भैरहवा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com