निर्वाचनका लागि आजदेखि मतपत्र छाप्न सुरु गरिदै


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

काठमाडौं / स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छाप्न सुरु गरिदैछ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आजदेखि मतमत्र छपाइ सुरु गर्न लागेको हो । निर्वाचन आयोगका पदाधिकारीहरुले हिजो नमूना मतपत्रको अवलोकन गरेपछि आजदेखि औपचारिक रुपमा नै मतपत्र छाप्ने काम सुरु हुन लागेको हो ।

आज साझबाट मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । मतपत्र छपाइको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । मतपत्र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा छापिनेछ । आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ छाप्न लागेको हो ।

मतपत्र छापिसक्न ४० देखि ४२ दिन लाग्ने अनुमान गरिएको छ । आयोगले छ आकारमा ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ दल दर्ता भएका छन् । जिल्लामा दर्ता नभएका दलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्नेछन् । आयोगमा एक सय १३ राजनीतिक दल दर्ता भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com